ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तिम खेलमा पनि हार्‍यो लुम्बिनी, कर्णालीको प्लेअफ सम्भावना बलियो


एबीसी न्यूज
२८ मंसिर २०८१, शुक्रबार   २ : ११   बजे

काठमाडौं २८ मंसिर ।   नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले पराजय व्यहोरेको छ। यसले कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीसँग लुम्बिनी ५ रनले पराजित भएको हो।  कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।

आजको जितसँगै कर्णालीले अंक तालिकामा ८ अंकसहित तेस्रो स्थानमा पुगेको छ। उसको रनरेट ०।०९५ छ।

यता लुम्बिनी भने ७ खेलमा ६ मा हार र १ मा जित निकाल्दै प्लेअफबाट बाहिरिसकेको छ।

शुक्रबारको खेलमा लुम्बिनीका आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ र कप्तान रोहित पौडेलले १० रन बनाए। तोम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए।

बेन कटिङ १ रनमै आउट भएपछि आएका साद बिन जफर पनि १२ रनमा रनआउट हुन पुगे। तिलक भण्डारी ३ रन र रेमन सिाइमन्ड ४ रनमा नटआउट रहे। अन्तिम बलसम्म पनि जित्ने सम्भावना कायम राखेको लुम्बिनीका लागि तिलक र साइमन चुके।

उनीहरुले अन्तिम ओभरमा ९ रन आवश्यक हुँदा मात्रै ३ रन जोडे। खराब ब्याटिङकै कारण अन्तिम खेलमा पनि लुम्बिनीले पराजित हुनुपर्यो।

सोमपाल कामी एक मेडनसहित २४ रन खचिएर १ विकेट लिए। नन्दन यादव १ र बिपिन शर्माले पनि समान एक विकेट हात पारे। जिशन मक्सुदले २ र विलियम बसिस्टोले एक विकेट लिँदै महत्वपुर्ण अंक दिलाए।

त्यसअघि टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।

कर्णालीका लागि विलियम बसिस्टोले ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए। ओपनर बाबर हायतले २० रन, देव खनाल ३ रन, चाडविक वाल्टन १३ रन जोडेर आउट हुँदा गुल्शन झा ८ रन जोडेर आउट भए।

अर्जुन घर्तीले २५ बलमा २५ रन योगदान दिँदा कप्तान सोमपाल कामी ७ रनमा र नन्दन यादव शून्य रनमै आउट भए।

लुम्बिनीका लागि विकास आग्रीले २ ओभरमा ३ विकेट लिए। तिलक भण्डारीले २ तथा रामोन सिमोन्ड्स, सादबिन जाफर र रोहित पौडेल समान एक एक विकेट हात पारे।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेको परिवारको दाबी, प्रहरी अधिकारी भन्छन्– जानकारी छैन

उच्च अदालत बार पाटनको अध्यक्षमा पीपीएलएका सेवन्तराज निरौला विजयी

सम्बन्धित

तेस्रो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग असोज १५ देखि

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu