ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेको परिवारको दाबी, प्रहरी अधिकारी भन्छन्– जानकारी छैन


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १२ : ३५   बजे

भक्तपुर । व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शनिबार बिहान प्रहरी पुगेको परिवारले जनाएको छ। प्रहरीले घरको गेटमा बसेर निगरानी गरेको तर पक्राउको प्रयास नगरेको दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बताएका छन्।

निराजनका अनुसार बिहान करिब १ बजे तीनवटा गाडीमा आएका प्रहरीहरू घरको गेटमा बसेर निगरानी गरिरहेका थिए। त्यसबेला दुर्गा प्रसाईं घरमै रहेको उनले बताए।

‘प्रहरीहरू गेटमा बसेर बुवालाई निगरानी गरिरहेका थिए, तर पक्राउ गर्ने प्रयास गरेनन्। किन आएको भनेर सोध्दा पनि स्पष्ट जवाफ दिएनन्,’ निराजनले भने।

उनका अनुसार गेटमा बसेका केही प्रहरी फर्किए पनि घरबाट केही दूरीमा प्रहरी अझै तैनाथ थिए। उनले प्रहरीको गतिविधिले परिवारलाई अनावश्यक रूपमा आतंकित बनाउने प्रयास भएको आरोप लगाए।

प्रहरीको प्रतिक्रिया

घटनाबारे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का र जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीलाई सम्पर्क गर्दा उनीहरूले आफूहरूलाई यसबारे जानकारी नभएको बताएका छन्।

एसएसपी खड्काले आफ्नो कार्यालयबाट प्रहरी टोली नपठाइएको दाबी गरे। भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी कार्कीले भने नियमित गस्ती वा पेट्रोलिङका लागि प्रहरी परिचालन भएको हुन सक्ने तर त्यसबारे आफूलाई जानकारी नभएको बताए।

परिवारले भने प्रहरीले लामो समयसम्म घरनजिकै बसेर निगरानी गरेको दाबी गर्दै घटनाको स्पष्ट कारण सार्वजनिक गर्न माग गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

अरुणाचल प्रदेशमा बाढीमा परी पाँच भारतीय सैनिक बेपत्ता

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँच प्रतिवेदन पारित

जसपा नेपालमा २७९ सदस्यीय केन्द्रीय समिति गठन

भारतीय प्रधानसेनापति सेठ आज नेपाल आउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu