ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानसेनापति सेठ आज नेपाल आउँदै


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   १ : २५   बजे

काठमाडौं । नेपाली सेनाप्रमुख अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ आज नेपाल भ्रमणमा आउँदै छन्। चारदिने भ्रमणका क्रममा उनी आइतबार अपराह्न काठमाडौं आइपुग्ने भएका छन्।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सोमबार राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना गरी राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।

सोही दिन जङ्गी अड्डामा नेपाली र भारतीय प्रधानसेनापतिबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा दुई देशबीचको सैन्य सहकार्य, तालिम, संयुक्त अभ्यास तथा आपसी सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतका सेनाबीच लामो समयदेखि घनिष्ठ तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ।

१९५० देखि मानार्थ महारथीको परम्परा

नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो।

यस परम्पराअनुसार नेपाली प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिँदै आएको छ। दुई देशका सेनाबीचको पारस्परिक सम्मान र मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा यो परम्परालाई लिइन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इन्डोनेसियामा शक्तिशाली भूकम्प : ४७ जनाको मृत्यु, उद्धार कार्य तीव्र

अरुणाचल प्रदेशमा बाढीमा परी पाँच भारतीय सैनिक बेपत्ता

गृहमन्त्री गुरुङ गोरखामा, नागरिकका गुनासा सुन्दै

कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँच प्रतिवेदन पारित

जसपा नेपालमा २७९ सदस्यीय केन्द्रीय समिति गठन

Remains of Former Chinese Premier Zhu Rongji to Be Cremated

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu