ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   ६ : ५२   बजे

काठमाडौं ३० मंसिर । नेपाल प्रिमियर लिग एनपीएल० मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा एक सय ४८ रनमा अलआउट भयो ।

पाखेराका एन्ड्रीस गोसले सबैभन्दा धेरै ३६ रन बनाए । यस्तै रेमन रेफरले ३३ र किरण थगुन्नाले अविजित ३२ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले पाँच विकेट लिए । यस्तै हर्मित सिंहले तीन र सैफ जइबले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनायो । सुदूरपश्चिमका आरिफ शेखले अविजित ४२ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । यस्तै रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ । पोखरा यसअघि नै प्लेअफ पुग्नबाट बाहिरिसकेको छ । समूह चरणको अन्तिम खेलमा भोलि कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउनेछ ।

लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ र कर्णाली गरी तीनवटा टोलीबीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu