ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने


मनिषा लामिछाने
४ पुस २०८१, बिहिबार   ९ : ३६   बजे

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप बनाएको दाबी गर्दै सन् २०२५ भित्र संसारभर उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयले मंगलबार मात्रै क्यान्सरको खोप बनाउन रुस सफल भएको औपचारिक घोषणा गरेको थियो । यो जानकारी रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमार्फत दिएका हुन् ।

रुसी समाचार एजेन्सी तासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई निः शुल्क दिइनेछ । निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएनए खोप विकास गरेको बताए ।

रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । रुसको गामालेया नेशनल रिसर्च सेन्टर फर इपिडीमियोलोजी एण्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्टस्बर्गले खोपको परीक्षणबाट ट्युमरलाई नियन्त्रण गरेको र क्यान्सरका कोष विस्तार रोकिएको दाबी गरेका छन् ।

यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउनको नजिक पुगेको बताएका थिए । एमआरएनए वा मेसेन्जर आरएनए मानव आनुवंशिक कोडको सानो भाग हो, जसले मानिसको कोशिकाहरूमा प्रोटिन बनाउँछ।

मन्त्रालयले भनेको छ, ‘यो पनि सरल भाषामा बुझ्न सकिन्छ कि जब कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले हाम्रो कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ।’ यसबाट प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र शरीरमा एन्टिबडीहरू बन्छन्।

यसका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । एमआरएनए प्रविधिमा आधारित यो पहिलो क्यान्सर खोप हो।

यो खोप कुन चरणको वा कस्तो खालको क्यान्सरको उपचारमा प्रयोग हुने भन्ने बारेमा भने केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group