ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ वर्षीया बालिकालाई जबर्जस्ती घरमा भित्र्याउने २८ वर्षका युवक पक्राउ


एबीसी न्यूज
१५ पुस २०८१, सोमबार   १२ : ३२   बजे

काठमाडौं १५ पुस । खोटाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती विवाह गरेर घरमा भित्र्याएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। युवकसँगै प्रहरीले अर्की एक महिलालाई पनि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१२ जालपा निवासी २८ वर्षीय रमेश राई र उनकी आफन्त कमला राई छन्।

कमलाले रमेशसँग बालिकाको विवाहको लागि भूमिका निर्वाह गरेको पाइएको छ।

‘बालिकाका आमाबुवालाई जानकारी नै नदिइ यही पुस ८ गते उनीहरुले बाटोबाटै ती बालिकालाई जबर्जस्ती उठाएर घर लिएर गएका रहेछन्,’ इन्सपेक्टर पोखरेलले नेपालखबरसँग भने, ‘पुस ९ गते विधिवत विवाह गरेर बालिकालाई उनीहरुले घरमा भित्र्याएको हाम्रो अनुसन्धानले देखाएको छ।’

उनले पुस १० गते बालिकाको उद्धार गरिएको जानकारी दिए। ‘उद्धारपछि बालिका अहिले अभिभावकको जिम्मामा छिन्,’ पोखरेलले भने।

कक्षा ८ मा पढ्दै गरेकी ती बालिकाका अभिभावकको भने यस घटनामा कुनै संलग्नता नपाइएको प्रहरीको भनाई छ।

प्रहरीले यही पुस १२ गते बेहुला रमेश र १३ गते कमलालाई पक्राउ गरेको हो। ‘उनीहरुविरुद्ध बालविवाह अन्तर्गतको कसुरमा मुद्दा चलाइएका छौँ,’ पोखरेलले भने, ‘घटनाको विषयमा थप अनुसन्धान जारी छ।’

बाल विवाह भएको जानकारी पाएपछि खटिएको प्रहरीले फरक–फरक समय तथा ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरु दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।

बालिकालाई युवक ९बेहुला०को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसूरमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तनहुँ र लमजुङमा भारी वर्षा, मादीखोलालगायत नदीमा बहाव बढ्न सक्ने

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu