ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रम चिर्न सहकारीहरूले आफू ठिक रहेको सन्देश दिनुपर्छ- मन्त्री अधिकारी


एबीसी न्यूज
२२ पुस २०८१, सोमबार   २ : ०८   बजे

काठमाडौं २२ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिंजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको तर्क गरे ।

‘अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन,’ उनले भने ।

सहकारीहरूले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्नेगरी काम गरे सबै सहकारीहरू एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सकिने उनले बताए ।

 

मन्त्री अधिकारीले छिमेकी मुलुकहरूले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेकोमा जोड दिए । ‘हाम्रो भूगोल, माटो र चेतना अनुसारका योजनाहरू ल्याउनुपर्छ र छिमेकी मुलुकहरूले गरेको प्रगति उन्नति र सहकारी क्षेत्रमा गरेका प्रगतिहरूलाई अनुशरण गर्दै योजना बनाएर अगाडि बढियो भनेमात्रै सफल हुनसक्छौं,’ उनले भने ।

सहकारी ठिक छैनन् भन्ने एउटा तप्कालाई सहकारीहरूले व्यवहारबाटै जवाफ दिनुपर्ने मन्त्री अधिकारीले बताए ।

‘हामीले सहकारीमा गरेको बचत नै परिचालन गरेका हुन्छौं, त्यसले बचतकर्ताको आर्थिक स्थिति उकास्न मद्दत गर्छ’ उनले भने, ‘त्यसैले सहकारी चाहिन्छ । सहकारीमा फिंजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

मन्त्रालय गाभिएपछि बागमतीमा प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu