ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो, कैलालीमा ३८ वटा बङ्गुर मरे


एबीसी न्यूज
२८ पुस २०८१, आइतबार   ७ : २२   बजे

काठमाडौं २८ पुस । सुँगुर, बङ्गुर तथा बँदेल प्रजातीमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ वटा बङ्गुर मरेका छन् । घोडाघोडी–९ का किसान प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् । घोडाघोडी नगरपालिकाको पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार गएको पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाण्डौले पनि पिसिआर परीक्षणपछि अफ्रिकन स्वाइन फिभर पुष्टि गरेको आचार्यले जानकारी दिनुभयो । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् । २०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका किसान जय बुढाको बङ्गुर फार्ममा यो रोग देखापरेको थियो । त्यसबेला बुढाले पालेका चार सय ८२ वटा बङ्गुर मरेका थिए ।

यसवर्ष पनि अफ्रिकन स्वाइन फिभर सुदूरपश्चिम, गण्डकी र बागमतीमा देखिएको पशु सेवा विभागले जनाएको छ । यो रोग पशुबाट मानिसमा नसर्ने तर सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातीमा छिटो फैलिने सरुवा रोग हो । यसअघि २०७९ सालमा देशका २८ जिल्लामा रोग फैलिएको थियो ।

सङ्क्रमित सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताउनुभयो ।

रोगी सुँगुर, बुङ्गुरलाई बथानबाट छुट्टै राख्न र उपचार गर्न, फार्ममा जैविक सुरक्षाका विधि अपनाउन, खोर तथा फार्ममा सरसफाइ गरी चुना तथा अन्य निःसङ्क्रमणका औषधि प्रयोग गर्न, ओसारपसारमा सावधानी अपनाउन किसानलाई आग्रह गरिएको पशु सेवा विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu