ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीति गर्नेले सत्ता र पदको लोभ गर्नु हुँदैन : नेता कोइराला


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   ८ : ३३   बजे

काठमाडौं २९ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा। शंशाक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्नु नहुने बताउनुभएको छ।

नेपाल प्रजातन्त्र सेनानी संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम अधिवेशनलाई दाङको घोराहीमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीति जनताको सेवाका लागि भएकाले सत्ता र पदको लोभ गर्न नहुने बताउनुभएको हो।

राजनीतिमा लोभ पलायो भने जनताको सेवाभन्दा पनि सुविधा प्राप्तिमा ध्यान जाने भएकाले त्यसले स्वयम् व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउने कोइरालाको धारणा थियो। स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै जनताको सेवाका लागि आफू राजनीतिमा प्रवेश गरेको भन्दै नेता कोइरालाले भन्नुभयोे, ‘म चार पटक निर्वाचन जितेर सांसद भइसकेँ तर ममा अहिलेसम्म मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना छैन। मेरो ध्यान देश र जनताको सेवा गर्नेमा छ। पद र सत्तामा छैन।’

पार्टीको आगामी महाधिवेशनलाई लिएर नेता लागे पनि आफू पार्टी र जनताका लागि राजनीति गरेकाले पदलाई अहिले प्राथमिकतामा नराखेको भन्दै समय आएपछि परिस्थिति अनुसार अघि बढ्ने बताउनुभयो।

पार्टी बिपीको विचारभन्दा बाहिर गएको भन्दै कार्यक्रमका प्रमुख अतिथि कोइरालाले पार्टीलाई बिपीकै सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो। त्यसका लागि पार्टी नेतृत्वले गम्भीर रुपमा सोच्नुपर्ने नेता कोइरालाको भनाइ छ ।

पार्टीको संगठन निर्माणसँगै देशमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। इतिहासलाई सम्मान गर्नुपर्ने भन्दै नेता कोइरालाले इतिहासलाई भुलेर अघि बढ्न नसकिने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group