ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पजस्ता विपद्‍बाट जाेगिन सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्छ – प्रधानमन्त्री


एबीसी न्यूज
२ माघ २०८१, बुधबार   ८ : ०३   बजे

काठमाडौं २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्वतयारी गरिनुपर्ने बताउनुभएको छ ।

२७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज कीर्तिपुरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री ओलीले भूकम्प प्रतिरोधी घर र संरचना बनाउन सरकारले नियमन गर्ने कुरासँगै सबै सचेत हुनुपर्ने बताउनुभयो । २०७२ सालको भूकम्पपछि निर्माणको क्षेत्रमा राम्रा उपलब्धि भएको भन्दै उहाँले अझ व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

यस्तै गृहमन्त्री रमेश लेखकले भूकम्प तथा विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताउनुभयो ।

१९९० साल माघ २ गतेको महाभूकम्पको सम्झनामा सरकारले २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो । यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मुख्य नारासहित विभिन्न कार्यक्रम आयोजना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu