काठमाडौं ३ माघ । नेपाली कांग्रेसले आज सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्दैछ। बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल हुन लागेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।
‘पहिला सभापति ज्यूसहित हामी पदाधिकारीबीच छलफल हुन्छ,’ महामन्त्री शर्माले नेपालखबरसँग भने, ‘त्यसपछि मन्त्रीज्यूहरुसँग छलफलको कार्यक्रम छ।’
कांग्रेसको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बिहीबार बिहान आठबजे नै सभापति देउवाले निवासमा बोलाएका हुन्।
पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले ६ महिनामा गरेका कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न सभापतिले उनीहरूलाई बैठकमा बोलाएका देउवाको सचिवालयले जनाएको छ। वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठजना मन्त्री छन्।
प्रतिक्रिया दिनुहोस्