ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणबारे सर्वोच्च बारको ध्यानाकर्षण


एबीसी न्यूज
४ माघ २०८१, शुक्रबार   ३ : ०६   बजे

काठमाडौं ४ माघ । सर्वोच्च अदालत बार एशोसिएसनले यही माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा धम्कीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसिएसनका सचिव रमणकुमार कर्णले आज जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा जाहेरवालाका तर्फबाट बहस गरेकै आधारमा बहस पैरवीका बुँदाहरूलाई लिएर अराजक समूहबाट यस बार एसोसियसनका सदस्य वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

ुकानुन व्यवसायीमार्फत आफ्नो प्रतिरक्षा गर्न पाउने हक नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक हो । कानुन व्यवसायीमाथि हुने हातपात कुटपिट तथा कुनै पनि प्रकारको भौतिक तथा मानसिक आक्रमण कानुन व्यवसायीउपर मात्र नभई स्वतन्त्र न्यायपालिका र समग्रमा संविधान माथिकै सुनियोजित आक्रमण हो भन्ने बार एसोसियसनको ठम्याइ रहेको छ, विज्ञप्तिमा भनिएको छ ।

बार एसोसियसनले यस घटनाका प्रत्यक्षदर्शीहरू, खिचिएका भिडियोहरू र सम्बद्ध प्रमाणसमेतलाई अनुसन्धानका आधार बनाई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी दोषीमाथि अविलम्ब कानुनबमोजिम कारबाही गर्न र भविष्यमा यस्तो घटना नदोहोरियोस् भनी त्यसतर्फ आवश्यक प्रबन्ध गर्न गराउन गृहमन्त्रालयलगायत सम्बद्ध निकायसमक्ष माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu