ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगर पुगेका प्रचण्डले सडकमै बसेर लिए भक्काको स्वाद


एबीसी न्यूज
५ माघ २०८१, शनिबार   १२ : २७   बजे

काठमाडौं ५ माघ । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझदेखि विराटनगरमा छन्।

शुक्रबार राति प्रचण्ड विराटनगर(१ पोखरियास्थित आफ्ना ज्वाइँ जीवन आचार्यको घरमा बास बसेका थिए। आचार्य उनका कान्छा ज्वाइँ हुन्। शुक्रबार साँझ विराटनगर आएका प्रचण्डले शनिबार बिहानै ‘मर्निङवाक’ गरे। त्यसक्रममा उनले सडकमा बेच्न राखिएको भक्काको स्वाद पनि लिए।

भक्का बफ्याइएको चामलको पिठोबाट तयार गरिने पूर्वी तराईको मौलिक परिकार हो। जसको खपत जाडो समयमा बढी हुन्छ।

छोरी र नातिनीसहित विराटनगर आएका प्रचण्डले शनिबार बिहान ६ बजेदेखि ७ बजेसम्म पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म ‘मर्निङवाक’ गरेका छन्। ‘मर्निङवाक’पछि ठूलो मिलचोकमा पुगेर उनले राजवंशी समुदायका महिलाले बनाएको भक्का खाँदै र चियापान गरेका हुन्।

प्रचण्डले शनिबार बिहान ९ बजेदेखि १० बजेसम्म विराटनगर( १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

त्यसैगरी १० बजेदेखि ११ बजेसम्म पचण्ड होटल एशियाटिकमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनेछन्।

त्यहाँ केही भेटघाट सकेपछि मोरङको ग्रामथान झोराहाटका स्थानीयसँग पनि उनले भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जानकारी दिए।

उनका अनुसार, शनिबार दिउँसो ग्रामथानको तेतरियामा हुने बधाई ज्ञापन तथा खबरदारी सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ। स्थानीय तहको उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका थिए। त्यहाँको सभालाई सम्बोधन गरेपछि शनिबार दिउँसो ४ बजे उनी राजधानी काठमाडौँ फर्किने कार्यतालिका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group