ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड पुग्दा खुलेन विराटनगरमा रंगशालाको गेट


एबीसी न्यूज
५ माघ २०८१, शनिबार   १२ : ५८   बजे

काठमाडौं ५ माघ । शुक्रबार बेलुका विराटनगर आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अवलोकनका लागि पुगे । आफ्नै कार्यकालमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा समावेश गरेको रंगशाला पुग्दा क्रिकेट मैदानको गेटमा भने चाजी लागेको थियो । चाबी लागेका कारण प्रचण्ड मैदान भित्र प्रवेश गर्न पाएनन् । बाहिरैबाट क्रिकेट मैदान हेरेर फर्किए ।

क्रिकेट मैदानमा बनाएको एउटा प्याराफिट माथि उभिएर उनले मैदान रंगशाला हेरे । रंगशालामा रहेका संरचनाका बारेमा किरण गिरीले उनलाई ब्रिफिङ गरे ।

प्रचण्डलाई मैदान प्रवेश गराउने तयारी थियो । तर क्यानका पदाधिकारी नपुगेपछि चाबी खुलेन् । ताला फोड्ने प्रयास भएपनि गलत सन्देश जाने भन्दै फोडिएन् ।

क्रिकेट मैदानको चाबी नेपाल क्रिकेट संघ मोरङ मोहम्दबाबु साद कुरेसीसँग छ । कुरेसी नेपाल क्रिकेट संघ केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीसँग झापामा छन् । ‘पूर्वप्रधानमन्त्री प्रचण्ड आउने कुरा सुरुमा जानकारी भएन, उहाँ पुगेपछि खबर गर्नुभयो, चाबी लिएर पुग्दा ढिलो हुन्छ होला ताला फुटाउँदा हुन्छ भनेको थिए,’ उनले भने,‘उहाँ आउने जानकारी पाएको भए सुरुमा चाबी लिएर जान्थ्यौं ।’ विगतमा मैदान भित्र भएका सामग्री हराएपछि बाहिरबाट ताला लगाउन थालेको उनले बताए ।

 

रंगशालाको अवलोकनपछि प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम राखेर राष्ट्रिय गौरवको आयोजनामा आफूले राखेको बताए । उनले गौरवको आयोजनाको काम छिटो गर्न उनले आग्रह पनि गरे ।

‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्तिसम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ’, प्रचण्डले भने,‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’

प्रचण्डले छिटो अघि बढाउनु भनेको रंगशालाको काम सुरु भएको २६ वर्ष भयो । २०५५ सालमा ८५ लाख लागतमा १५ विगाहा ५ कट्ठा जग्गा खरिद गरेर मल्टी प्रपोज रंगशाला निर्माण सुरु भएको थियो । गत वर्ष मात्रै राष्ट्रिय गौरबको आयोजनामा पर्‍यो । तर,सरकारको प्राथमिकतामा नपर्दा काम अघि बढेको छैन । भएका संरचना पनि प्रयोग बिहिन छन् ।

यो स्थानमा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरकै फुटबल रंगशाला, एथलेटिक्स ट्रयाक, मल्टिप्रपोज कभर्ड हल, बास्केटबल कोर्ट, भलिबल कोर्टललगायतका संरचना निर्माण गर्ने मास्टर प्लान छ । सुटिङ र सफटेनिस कोर्ट कोर्टको संरचना तयार छ ।

सातौं राष्ट्रिय खेलुकदमा प्रयोग भएको क्रिकेट रंगशालामा बेलाबेला खेल हुन्छ । फुटबल मैदानमा स्थानीय युवाहरु प्राक्टिस गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

अर्जेन्टिनाको अपराजित यात्रा कायम, जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता

सम्बन्धित

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

अर्जेन्टिनाको अपराजित यात्रा कायम, जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu