ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पले सपथग्रहण लगत्तै चीन र भारतको भ्रमण गर्ने !


एबीसी न्यूज
६ माघ २०८१, आइतबार   ९ : ३३   बजे

 

काठमाडौं ६ माघ । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै चीनको भ्रमण गर्ने योजना बनाएका छन् । ट्रम्पले आफ्ना सल्लाहाकारहरुलाई चीन भ्रमणको तयारी गर्न लगाएको वाल स्ट्रिट जर्नलले एक्सकुलुसिभ समाचारका रुपमा उल्लेख गरेको छ । ट्रम्पको चीन भ्रमणले चिनियाँ नेता सी जिनपिङसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन खोजेको रुपमा हेरिएको छ । ट्रम्पले चुनावी दौडदेखि नै लागतार चिनियाँ वस्तु तथा सेवा आयातमाथि बढी ट्यारिफ लागु गर्ने धम्की दिंदै आएका छन् ।

ट्रम्पले २०१७ मा कार्यकाल शुरु गरेको एक वर्ष पछि बेइजिङ्ग भ्रमण गरेका थिए । ट्रम्पले आफ्नो पहिलो १०० दिनको अवधिमा चीन भ्रमणका लागि रुचि देखाएको बताइएको छ ।

ट्रम्प र सीले गत शुक्रबार पहिलो पटक फोनमा कुरा गरेका थिए । दुई नेताबीचको फोन वार्ताका क्रममा व्यापार, फेन्टानाइल, टिकटक र अन्य विषयहरूका बारेमा छलफल भएको थियो । ‘म अपेक्षा गर्छु कि हामी धेरै समस्याहरू सँगै समाधान गर्नेछौं, र तुरुन्तै सुरू गर्नेछौं’ ट्रम्पले फोनपछि सामाजिक मिडियामा लेखेका थिए।

ट्रम्पले सीलाई  समारोहमा निमन्त्रणा गरेका थिए । उनको सपथ ग्रहण समारोहमा सीले आफ्ना उपराष्ट्रपति हान झेंगलाई पठाउँदैछन्।

चीनमा आर्थिक दबाब बढ्दै जाँदा, बेइजिङ्गले ट्यारिफ वृद्धि रोक्न वा कम से कम ढिलो पार्नका लागि वार्तामा संलग्न हुन चाहन्छ। बेइजिङ्गको निर्णय–निर्माणमा नजिकका व्यक्तिहरूका अनुसार, दुवै नेताहरू बीचको शिखर बैठकले प्रक्रिया सुरु गर्न मद्दत पुर्याउन सक्छ। ट्रम्पले चिनियाँ आयातमाथि ६० प्रतिशतसम्म ट्यारिफ लगाउने बताउँदै आएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

चिनिया नेता सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनले २०१७ मा मार–ए–लागोमा आयोजित स्वागत भोजमा सहभागी थिए ।

ट्रम्पले आफ्ना सल्लाहकारसँग भारत भ्रमणको सम्भावना पनि छलफल गरेको जर्नलले उल्लेख गरेको छ ।

ट्रम्पले ताइपेईसँगको अमेरिकाको संवेदनशील सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने विषयमा धेरै कुरा भनेका छैनन्, केवल ताइवानका नेताहरूलाई रक्षा खर्चमा उल्लेखनीय वृद्धि गर्न दबाब दिएको छ। शुक्रवारको फोन वार्तामा सीले ट्रम्पलाई ताइवानको मुद्दालाई ूसावधानीपूर्वकू सम्हाल्न सम्झाएका थिए, यसलाई राष्ट्रिय संप्रभुता र क्षेत्रीय अखण्डताको चिन्ता भन्दै, सरकारी मिडियाले रिपोर्ट गरेको छ।

ताइवानका विधायिका युआनका सभापति हान कुओ–यू, ले ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने ताइवानका सांसदहरूको टोलीको नेतृत्व गर्ने बताइएको छ । यो टोलीमा डेमोक्रेटिक र राष्ट्रवादी कुओमिन्ताङ पार्टीका सांसदहरू समावेश रहेका छन् ।
ट्रम्पको सपथ ग्रहणमा भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले सहभागिता जनाउने छन् । भारतीय मिडियाका अनुसार सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने निमन्त्रणा गरेरनन् । ट्रम्पको सपथ ग्रहण समारोहमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेई लगायत उपस्थित हुनेछन् । ट्रम्पका निकट बैचारिक सहयोगी मानिने भिक्टर अर्वानलाई निमन्त्रणा गरिए पनि उनी जान नसक्ने भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group