ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेका वकिलले जिल्ला अदालत रुपन्देहीमा बहस गर्दै


एबीसी न्यूज
११ माघ २०८१, शुक्रबार   १० : ५६   बजे

काठमाडौं ११ माघ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा शुक्रबार पनि थुनछेक बहस हुनेछ । शुक्रबार प्रतिवादी रवि लामिछानेका वकिलले बहस गर्ने छन् । तर, सुरुमा जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

लामिछानेका तर्फबाट बहस गर्नका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायण कँडेल, यज्ञमणि न्यौपाने, सुधीर कर्णसहित १० जनाले वकालतनामा गराएका छन् । तर, बढीमा ३ जनाले मात्र बहस गर्ने र बहस सकेर शुक्रबार नै आदेश आउने वातावरण तयार गर्ने भन्दै लामिछानेको तर्फबाट वकालतनामा गराउनेको सङ्ख्या घटाउने प्रयास रास्वपाका नेताहरूले गरिरहेका छन् ।

जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार सुरुमा जाहेरवालाका कानुन व्यवसायीले बहस गर्ने र त्यसपछि प्रतिवादीको सुरु हुने बताए ।

‘प्रतिवादीका तर्फबाट १० जनाले नाम टिपाउने भएको छ,’ उनले भने, ‘तर, शुक्रबार जाहेरवालाकै बहस नसकिएकाले पहिलो पालो जाहेरवालाकै हुन्छ ।’ जाहेरवालाको बहस सकिएपछि प्रतिवादीका वकिलहरूले बहस गर्ने र त्यसपछि सरकारी वकिलहरूको तर्फबाट जवाफी बहस हुने उनले बताए । जाहेरवाला, प्रतिवादी र जवाफी बहस सकिएको अवस्थामा शुक्रबार नै आदेश आउन सक्ने उनले बताए ।

बिहीबार भएको पहिलो दिन सरकारी पक्ष र जाहेरवालाको तर्फबाट बहस भएको थियो । दुवै पक्षको बहसमा प्रतिवादीलाई जिम्मा जमानीमा छोडेकोमा प्रश्न उठाइएको थियो ।

त्यस्तै गोर्खा मिडिया नेटवर्क स्थापना नै सहकारी ठगी गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको विषय उठेको थियो । सरकारका तर्फबाट आइतबार दायर भएको सहकारी ठगी र संठगित अपराधको मुद्दामा प्रतिवाद गर्न रास्वपा सभापति रवि लामिछाने बुधबार अदालत उपस्थित भएका थिए ।

बुधबार नै उनको मुद्दाको पेशी ५ नं। इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीकोमा परेको थियो । बुधबार बयान भएपछि न्यायाधीश योगीकै इजलासमा बिहीबारबाट थुनछेक बहस सुरु भएको हो ।

बिहीबार सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, उच्च सरकारी वकिल कार्यालयका प्रमुख शोभाकान्त भण्डारीसहित ८ जना सरकारी वकिलले बहस गरेका थिए ।

बहसमा रविलाई परिवारको जिम्मा जमानीमा छोडेको देखि रविले सहकारीको रकम अपचलन राजनीतिमा आउनुअघिकै योजनाअनुसार भएको र त्यसबाट संरक्षण हुनका लागि राजनीतिमा आएकाले अहिले सङ्गठित अपराधलाई राजनीतिकरण गरिएको जिकिर गरेका थिए ।

सहकारी ठगीको अनुसन्धानको सिलसिलामा कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ गते र काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ गते रिहा भएका थिए ।

माघ ६ गते आइतबार रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा जिबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोड बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगत तर्फ २ करोड बिगो दाबी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu