ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेष घलेले बिक्रीमा राखे होटल ‘शेराटन’, १० अर्बमा डिल हुँदै


एबीसी न्यूज
१४ माघ २०८१, सोमबार   २ : ०४   बजे

काठमाडौं १४ माघ । गैर आवासीय नेपालीको लगानीमा निर्मार्णाधिन पाँच तारे होटल ‘शेराटन’ बिक्रीमा राखिएको छ । आजभन्दा १० बर्ष अघि गैर आवासीय नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष शेष घलेले बहुप्रतिक्षित परियोजनाको रुपमा अघि बढाएको होटल शेराटन निर्माण सम्पन्न भएर संचालनमा नआउँदै बिक्रीमा राखिएको हो ।

एनआरएनको लगानी भन्दै तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुशील कोइरालाले गैरआवासीय नेपाली दिवसको अवसर पारेर विशेष प्राथमिकताका साथ उक्त होटलको शिलान्यास गरेका थिए । विदेशी लगानी भन्दै उच्च प्राथमिकता दिएर अघि बढाइएको उक्त परियोजना अहिले संचालनमा नआउँदै बिक्रीमा राखिएको छ ।

एनआरएनएका पूर्व अध्यक्ष शेष घलेको एमआईटी होल्डिङ ग्रुप नेपाल र शेराटन सिंगापुरको अन्तर्राष्ट्रिय स्टारवुड होटल एन्ड रिसोर्ट वल्डवाइडले उक्त होटल संचालन गर्ने सहमति भएको थियो । तर, शिलान्यास भएर निर्माण अघि बढेको १ दशक भईसक्दा पनि उक्त होटल संचालनमा नआएपछि घलेले उक्त होटल नै बिक्रीका लागि अघि बढाएका छन् ।

नारायणहिटी दरबार नजिक रहेको १३ रोपनी जग्गामा निर्माण सुरु गरिएको उक्त होटलको लागत साढे ६ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर, भुकम्प, कोरोनाजस्ता महामारीले थलिँदै जाँदा उक्त होटलको लागत झण्डै दोब्बरले बढेको घले सम्बद्ध स्रोतले जानकारी दिएको छ । पछिल्लो समय संरचना निर्माणका लागि काठमाडौं महानगरपालिका लगायत सरकारी निकायको झण्झट तथा उच्च लागतका साथै होटल व्यवसायको भविष्यसमेत नरहेको भन्दै घलेले उक्त होटल बिक्रीमा राखेका हुन् ।

उनी निकट स्रोतका अनुसार उक्त होटलको बिक्री मूल्य १० अर्ब रुपैयाँ राखिएको छ । हाल होटल बिक्रीका विभिन्न चरणमा छलफल भइरहेको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

होटल शिलान्यासको क्रममा विश्वव्यापी चर्चित ब्राण्ड शेराटन २०१८ फेब्रुअरीसम्ममा होटल सञ्चालनमा ल्याउने उद्घोष गरेको थियो । कुल २ सय २५ शैय्याको उक्त होटलमा चार वटा फुड एन्ड बेभरेज आउटलेट, आईटी हब, स्पा, स्विमिङ र फिटनेस सेन्टरको सुविधा रहने जानकारी दिइएको थियो । तर, घलेले पछिल्लो समय उक्त होटल निर्माण चरणमै बिक्री गरेर बहिरिन लागेका हुन् ।

यो होटलबाट शेराटनले भने केही समयअगावै हात झिकिसकेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group