ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजाको अपहरणका दोषीलाई १२ वर्ष कैद


एबीसी न्यूज
१५ माघ २०८१, मंगलबार   १२ : २८   बजे

काठमाडौं १५ माघ । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा दोषी ठहर भएका दुर्गाबहादुर बुढाथोकीलाई १२ वर्ष कैद सजाय तोकिएको छ ।

सोले र कुमार भनेर चिनिने बुढाथोकीलाई उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र प्रकाश खरेलको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीशद्धयको ७ माघको इजलासले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गरेको थियो । १४ माघमा सजाय निर्धारण भएको हो ।

उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गर्दै १० वर्ष कैद र थप दुई वर्ष भन्दै १२ वर्ष कैद सजाय सुनाइएको अनलाइनखबरलाई बताए । त्यसैगरी ७० हजार रुपैयाँ जरिवाना समेत सुनाइएको छ ।

यसअघि ५ असोज २०७८ मा बुढाथोकीलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सफाइ दिएको थियो ।

‘पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको, सोही अनुसारको कागजात समेत पेस गरेको र अपहरणमा संलग्न भनिएका व्यक्तिले नै दुर्गाबहादुरलाई नचिन्ने बताएको’ जस्ता आधारहरू देखाउँदै न्यायाधीश निरौलाको इजलासले सफाइ दिएको थियो ।

प्रहरी हिरासतमा हुँदा अपराध स्वीकारेको ९साविति बयान० दिएका दुर्गाबहादुर बुढाथोकीले अदालतमा भने भारतको राशन कार्डदेखि जन्मदर्तासम्म पेस गरेर आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको बताएका थिए । त्यसबारे अनुसन्धान अधिकृतहरूसँग थप नबुझी र प्रमाण समेत नझिकाइ निरौलाले सफाइ दिएका थिए ।

पर्याप्त प्रमाण हुँदाहुँदै बुढाथोकीलाई सफाइ दिएको भन्दै आलोचना भएको थियो । बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको फैसला गरेपछि उनी विवादमा तानिएका थिए । पछि बुढाथोकी नेपाली नागरिक नै भएको भन्दै उनको नागरिकतासमेत प्रहरीले जुटाएको थियो ।

बुढाथोकी नेपाली नागरिक रहेको प्रमाण प्रहरीले जुटाएपछि न्यायाधीश निरौलामाथि न्याय परिषद्ले छानबिन समेत गरेको थियो । १३ फागुन २०८० मा न्याय परिषद्ले निरौलालाई बर्खास्त गरेको थियो ।

अपहरणको १२ वर्षसम्मको मेहनतबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का तत्कालीन डीएसपी अनिल घिमिरेको टोलीले भारतको दार्जेलिङबाट बुढाथोकीलाई १५ पुस २०७७ मा पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

त्यसपछि बुढाथोकीविरुद्ध थप अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । काठमाडौं परिसरबाट मुद्दा चलेका बुढाथोकी निर्दोष ठहर भएर जेलबाट छुटेको भोलिपल्ट मात्रै प्रहरीले थाहा पाएको थियो । त्यसपछि यो प्रकरण बाहिर आएको थियो । बुढाथोकीसहितको समूहले १ पुस २०६५ मा बाबुराजको अपहरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group