ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र चीनबीच पाँच वर्षपछि सीधा उडान पुनः सुरु गर्ने सहमति


एबीसी न्यूज
१५ माघ २०८१, मंगलबार   ९ : १२   बजे

२०२० मा हिमालयको उच्च भूभागमा घातक झडपमा संलग्न भएका दुई देशबीच पछिल्लो समय सम्बन्धमा सुधार हुँदै आएको छ ।

काठमडाौं १५ माघ । भारत र चीनले पाँच वर्षपछि पहिलो पटक दुई देशबीच सीधा उडान पुनः सुरु गर्ने सहमति गरेका छन्। दुई एशियाली महाशक्तिबीचको यो पछिल्लो समझदारीले उनीहरूबीचको सीमा विवादले निम्त्याएको तनावबाट बाहिर निस्कने नयाँ विकासक्रम देखाएको छ।

दुई देशबीच दवैतिरका पत्रकारहरूको पहुँचलाई सुधार गर्ने र तिब्बतमा रहेको हिन्दू धार्मिक स्थलमा मानसरोवरको तीर्थयात्रा गर्न सहज बनाउने कुरामा पनि सहमति भएको छ। सोमबार, भारतका विदेश सचिव विक्रम मिस्रीको बेइजिङ भ्रमणपछि यी घोषणाहरू दुवै देशद्वारा सार्वजनिक गरिएका छन् ।

दुई देशले पछिल्ला केही महिनामा सम्बन्ध सामान्य बनाउन उल्लेखनीय प्रगति गरेका छन्। २०२० मा गलवान उपत्यकामा भएको सैन्य झडपमा दुवैतर्फका दर्जनौं सैनिकको मृत्यु पछि दुई देशबीच तनाव बढ्दै आएको थियो ।

अक्टोबरमा, भारतका प्रधानमन्त्री मोदीले रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेट वार्ता गरेका थिए।
पाँच वर्षपछि दुई नेताबीच भएको पहिलो औपचारिक वार्ता थियो।

विदेश सचिव मिस्रीको बेइजिङ भ्रमणलाई “सम्बन्धलाई स्थिर बनाउने र पुनः निर्माण गर्ने जनस्तरीय कदमहरू” पछ्याउन गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयले दुवै देशका अधिकारीहरूबीच उडान पुनः सञ्चालनका प्राविधिक विवरणहरूबारे छलफल गर्न बैठक आयोजना गरिने जानकारी दिएको छ। कोभिड–१९ महामारीको कारण २०२० देखि उडान स्थगित भएका थिए। महामारीको लकडाउन खुकुलो भएपछि हङकङतर्फका उडानहरू पुनः सुरु भए पनि मुख्यभूमि चीनतर्फका उडानहरू कुटनीतिक सम्बन्धमा उत्पन्न तनावका कारण रोकिएका थिए।

मिस्रीसँगको भेटमा चीनका विदेशमन्त्री वाङ यीले दुवै पक्षलाई “सुअवसर समात्ने र आधा बाटो भेट्ने” आह्वान गर्दै “आपसी अविश्वास, दूरी र क्षय अन्त्य गर्ने” आशा व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ।

 

विश्लेषकहरूले भनेका छन्, भारतको रणनीति आफ्नो सीमित आर्थिक र सैनिक शक्तिका कारण चीनको ठूलो शक्ति विरुद्ध सतर्क रहनुपर्ने आवश्यकता र शीतयुद्धकालीन अमेरिका प्रतिको ऐतिहासिक अविश्वासले निर्देशित रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

भारतको औद्योगिक शक्ति विस्तारको सम्भावना अझै ठूलो मात्रामा अधुरै छ। प्रविधिका केही सफलता, जस्तै भारतमा आइफोन उत्पादनको विस्तार र चिप निर्माणमा लगानीबाहेक, देशले निर्माण उद्योगलाई पर्याप्त रूपमा विस्तार गर्न संघर्ष गरिरहेको छ।

चिनिया विश्लेषकहरूका अनुसार यो पनि एउटा क्षेत्र हो, जहाँ भारतका आकांक्षाहरू चीनबाट प्रभावित हुने सम्भावना छ। भारतका धेरै उद्योगहरूले आवश्यक कच्चा पदार्थ र मेसिनरीका लागि चीनमा निर्भर छन्। चीनले भारतलाई प्रतिस्थापन गर्ने प्रयास भइरहेको ठानेर केही मेसिनरी निर्यातमा रोक लगाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu