ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी


एबीसी न्यूज
१६ माघ २०८१, बुधबार   ३ : ३६   बजे

काठमाडौं १६ माघ ।  ‘नेपाललाई पर्यटन हब बनाउने उद्देश्यले नेपाल–भारत सीमा पूर्ण रूपमा खुला राख्नुपर्ने’भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो ।
नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराज जीले पनि नेपाली र भारतिय तीर्थयात्रीहरूका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरिएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा। राजीव झा आफ्नो परिवारसहित महाकुम्भमा सहभागी भएका छन् । उनका पिता संस्कृतका प्रकाण्ड विद्वान पण्डित गंगेश झा, माता बच्ची देवी झा, पत्नी सोनी झा, छोरा बाल अभियानी आदित्य झा तथा अन्य परिवारका सदस्यहरू पनि उपस्थित छन् । जनकपुर युथ क्लबका पूर्वअध्यक्ष मनिष श्रीओम पनि उनीसँगै सहभागी रहेका छन् ।

युथ क्लबका पुर्वअध्यक्ष श्रीओमले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीलाई कुनै कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए । तर उनले नेपालमा भने भारतीय पर्यटकहरूमाथि प्रहरीले कठोर व्यवहार गर्ने गरेको भन्दै गुनासो गरे । यसले भारतीय पर्यटकहरू नेपाल आउन डराउन थालेको उनले बताए ।

इन्जिनियर सुजीत झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए । सेल्फ ड्राइभमा रहेका झाले नेपालका गाडीमा सवार यात्रीलाइलाई सम्मानका साथ जान दिने व्यवस्था देखिएको बताए ।

डा। राजीव झाले नेपाललाई पर्यटन हब बनाउने उद्देश्यले नेपाल–भारत सीमा पूर्ण रूपमा खुला राख्नु पर्ने र विवाह पञ्चमी, रामनवमी, परिक्रमा तथा महाशिवरात्रिजस्ता धार्मिक पर्वहरूको व्यापक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।No description available.

सरकारको नीति पर्यटकमैत्री र “अतिथि देवो भवः“ को भावना अनुरूप हुनुपर्ने उनको सुझाव थियो । नेपालको दुबै छिमेकी देशको ठूलो जनसंख्यामध्ये प्रत्येक वर्ष एक प्रतिशतलाई पनि नेपाल ल्याउन सकियो भने नेपाललाइ विश्वको धनी देशको लाइनमा उभ्याउन बेर लाग्दैन ।
धार्मिक र सांस्कृतिक पर्वहरूको सही व्यवस्थापनबाट नेपालमा पर्यटन प्रवद्र्धन गर्न सकिने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने उनको भनाइ थियो ।No description available.No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group