ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बारको चुनाव चैत २३ मा गर्ने निर्णय


एबीसी न्यूज
१८ माघ २०८१, शुक्रबार   १० : ४४   बजे

काठमाडौं १८ माघ । देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी चैत २३ गते हुने भएको छ।

नेपाल बारको बिहीबार बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार बैठकले वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ।

अब देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्ने चुनावबाट २७ ‍औँ कार्यसमिति चयन गर्नेछन्। कार्यसमिति २५ सदस्यीय हुन्छ।

नेपाली कांग्रेस र नेकपा एमालेनिकट संगठनहरू नेतृत्वका मुख्य दाबेदार छन्। यसपालि सरकारमा यी दुवै दलको गठबन्धन भएकाले बारमा कस्तो समीकरण बन्छ भन्ने स्पष्ट भइसकेको छैन।

हालै सर्वोच्च अदालत बार एसोसिएनमा कांग्रेस र एमालेनिकट संगठन आमनेसामने भएका थिए। कांग्रेसनिकट संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका उम्मेदवार मेघराज पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए। नेकपा एकीकृत समाजवादीनिकट संगठनको पनि उनलाई साथ थियो।

यसअघि २०७८ चैतमा बारको चुनाव भएको थियो। त्यतिखेर नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो। उक्त गठबन्धनबाट हालका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानलै विजयी भएको थियो। उनले ४ हजार ४७४ मत ल्याउँदा नेकपा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारी २ हजार ४८२ मतले पारजित भएका थिए।

नेपाल बारमा प्रत्येक ३ वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group