ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका सांसदले पाएनन् आकस्मिक समय, सभामुखले पेलेरै चलाए संसद् बैठक


एबीसी न्यूज
१८ माघ २०८१, शुक्रबार   १ : ४६   बजे

काठमाडौं १८ माघ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ। सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर आकस्मिक समय माग गरे। तर सभामुख घिमिरेले बैठक सञ्चालन गर्न सहयोग गर्न आसनग्रहणका लागि आग्रह गरे। रास्वपाका सांसदले आकस्मिक समयमा बोल्नुपर्ने कुरा रहेको भन्दै समय माग गरिरहे।

जवाफमा सभामुखले भने, ुआज दलीय आधारमा बोल्न र कुरा राख्न समय निर्धारण गरिएको छ। त्यहीँ बोल्न समय मिल्छ। अहिलेलाई बैठक सञ्चालनका लागि सहयोग गर्नुस्।ु

ुएउटै कुरा फेरि कतिपल्ट राख्नु आज पहिलो बैठकमा आकस्मिक समय नराख्ने निर्देशन गरेको छु,ु उनले भने, ुयस्तो अवस्थामा सभामुखको निर्देशन पालना गरेर अघि जानुपर्ने हुन्छ।ु रास्वपाका सांसदहरू उठिरहेपछि सभामुख घिमिरेले पेलेरै सभा सञ्चालन गरे। ुमाननीय सदस्यहरू सभा सभामुखको आदेश र निर्देशनअनुसार नै चल्ने होु उनले भने। यसबीचमा सभामुखले विभिन्न नियमावली पनि पढेर सुनाए।

रास्वपाले आकस्मिक समयमा पार्टी सभापतिसमेत रहेका निलम्बित सांसद रवि लामिछानेको पद फुकुवा हुनुपर्नेलगायतका विषय उठाउने तयारी गरेको थियो। यसबारे रास्वपाको तर्फबाट सांसद सोविता गौतमले बोल्ने निर्णय पनि यसअघि नै रास्वपाले गरिसकेको थियो।

सभामुखले रास्वपाका सांसदलाई आकस्मिक समयमा बोल्न नदिने बताइरहँदा नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले भने ताली बजाइरहेका थिए। सभामुखले कार्यव्यवस्था समितिको बैठकमा पनि यसबारे जानकारी नगराएको भन्दै आपत्ति पनि जनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group