ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपालाई सभामुखको जवाफ, आफूलाई लागेको मात्रै आकस्मिक समय हुँदैन


एबीसी न्यूज
१८ माघ २०८१, शुक्रबार   २ : ०६   बजे

काठमाडौं १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसदहरूले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि बहिष्कार गरेका छन् । बिहीबार संसद्को हिउँदे अधिवेशन सुरु हुनासाथ रास्वपाका सांसदहरूले आकस्मिक समय माग गरेका थिए ।

उनीहरूले सुरुमा आफूहरूले बोल्न पाउनुपर्ने र अनिमात्रै संसद्का अन्य कार्यसूचीमा प्रवेश गर्नुपर्ने माग गरेका थिए ।

यद्यपि सभामुख देवराज घिमिरेले आज दलगत रुपमा सबैले बोल्ने कार्यसूची रहेको जानकारी गराउँदै आफ्नो पालोमा बोल्न आग्रह गरे ।

तर, रास्वपा सांसदहरूले झण्डै आधा घण्टासम्म उभिएर अवरोध गरिरहे । रास्वपाको अवरोधपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको दफा १५ पढेर सुनाएका थिए ।

तर, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफूहरू ‘जनतालाई केही कुरा सुनाउन चाहने’ बताएका थिए ।

सभामुख घिमिरेले आफ्नो समयमा कुरा राख्न आग्रह गरिरहे । यद्यपि सभामुखको आग्रहलाई रास्वपाले अवरोध गरिरह्यो ।

सभामुख घिमिरेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि रास्वपाले सुरुमा बोल्ने विषयबारे केही भनेको थिएन ।

‘आजकै विषयमा कुरा गर्दा पनि यस्तो विषय आएको थिएन,’ सभामुख घिमिरेले भने । उनीहरूले लागतार आकस्मिक समयको माग गरिरहेपछि सभामुख घिमिरेले अहिले बैठकको कार्यसूची अघि बढाएका छन् ।

‘मैले अघि पनि आजै पनि त्यस्तो आकस्मिक विषय जो हामी विषयवस्तुमा पुग्दा आपत्ति हुँदा सम्भवतः भएको छैन,’ सभामुखको भनाइ थियो ।

सभामुखको उक्त भनाइलाई प्रतिवाद गर्दै प्रमुख सचेतक परियारले आकस्मिक समय चाहिने बताए । उनलाई जवाफ दिँदै सभामुख घिमिरेले भने, ‘आफूलाई लागेको मात्रै आकस्मिक समय हुन सक्दैन, म संसद्को कार्यसूची अघि बढाउँछु ।’

त्यसपछि रास्वपा सांसदहरू बैठक बहिष्कार गरेर बाहिर निस्किए ।

रास्वपाले बैठक नै बहिष्कार गरेपछि अहिले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group