ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरामा केबलकार निर्माण विवाद, अरुण पूर्वका ९ जिल्ला बन्द


एबीसी न्यूज
२० माघ २०८१, आइतबार   १२ : ४९   बजे

काठमाडौं २० माघ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले आज अरुण पूर्वका नौ जिल्ला बन्दको आव्हान गरेको छ।

मेची राजमार्ग र तमोर कोरिडोर अवरोध गर्दै आएको आन्दोलनरत समूहले माघ २० र २१ गते दुईदिन अरुण पूर्वका ९ जिल्ला बन्द आव्हान गरेको हो।

बन्दको कारण आज कोसी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। तर, तराईका जिल्लामा भने बन्दको खासै प्रभाव परेको छैन।

अहिले सुनसरीको धरान बसपार्क क्षेत्रमा ठूलो संख्यामा बन्दकर्ता जम्मा भएका छन्। धरान धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जाने मुख्य नाका हो। बन्दको कारण सवारी साधन नचल्दा अत्यावश्यक कामले हिँडेका यात्रुहरु अलपत्र परेका छन्।

माघ १२ गते बेलुकी मुक्कुमलुङ साँस्कृतिकर्मीहरुमाथि सशस्त्र र नेपाल प्रहरीले दमन गरेको र गोली समेत हानेको विरोधमा यातायात बन्द गरिएको आन्दोलनरत पक्षको भनाई छ।

१५ गतेदेखि ताप्लेजुङ छिर्ने नाकामा अनिश्चित कालीन बन्दको आव्हान गरेका पहिचान पक्षधरहरूले आजदेखि दुई दिन अरुण पूर्वका ९ जिल्ला बन्द आव्हान गरेका हुन्।

दुई दिने बन्दको पछि पनि माग सम्बोधन नभए अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन्।

बन्द कर्ता समूहले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा बन्द आह्वान गरेका हुन्। त्यसमध्ये पहाडी जिल्लामा बन्दको प्रभाव परेको छ। तर, तराईका जिल्लमा त्यसको प्रभाव कम देखिएको छ।

धरानबाट धनकुटा, सङ्खुवासभा, तेह्रथुम तथा भोजपुर जाने सार्वजनिक सवारीका साधन चल्न सकेका छैनन्। तमोर कोरिडोर र मेची राजमार्गमा अत्यावश्यक बाहेकका सार्वजनिक यातायात चल्न नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

मुक्कुमलुङ संरक्षण सङ्घर्ष समितिको नाममा निकालिएको विज्ञप्तिमा चन्द्र ढकालको केबलकार कम्पनीले घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नु पर्ने, घटनाको बारेमा उच्चस्तरीय न्यायिक छानबिन समिति निर्माण गर्नु पर्ने र दोषीलाई कडा कारबाही गर्नु पर्ने माग गरिएको छ।

घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार, पक्राउ परेकाको रिहाइ, काफ्ले पाटीबाट सशस्त्र र नेपाल प्रहरीलाई फिर्ता गर्नुपर्ने तथा केबलकार निर्माण तत्काल रोक्नु पर्ने माग पनि उनीहरुले गरेका छन्।

आज बिहानसम्म सुनसान रहेका पूर्वका सडकमा १० बजेपछि भने बन्द कर्ताहरु निस्कन थालेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group