ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छ’


एबीसी न्यूज
२० माघ २०८१, आइतबार   ४ : ०९   बजे

काठमाडौं २० माघ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी रहेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न ल्याइएको विधेयकको विरोध गर्न आवश्यक नरहेको बताउनुभयो । आइतबार गृहजिल्ला लमजुङमा प्रेस चौतारी नेपाल लमजुङ शाखाको आठौं जिल्ला अधिवेशनको उदघाटन गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल तथा अनलाइन मिडियाबाट भइरहेको अराजकता रोक्न नियमन विधयेक ल्याइएको प्रष्ट पार्नुभयो ।

“प्रिन्ट मिडिया र ब्रोडकाष्टिङ मिडिया आफ्नो ठाउँमा मूल्य मान्यताअनुसार चलिरहेको छ । तर अनलाइन मिडिया त्योअनुरुप चलेको छैन् । त्यसको नियमन आजको चुनौती हो” उहाँले भन्नुभयो । नियमनका लागि सामाजिक सञ्जाल प्रयोग सञ्चालन तथा नियमन विधयेक ल्याएका हौं” सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “विधयेक ल्याएपछि नेपाल पत्रकार महासंघ लगायतका संस्थाले विरोध गरिरहेको छ । विरोध गर्नुपर्ने त्यस्तो कारण केही लाग्दैन ।”

“अराजकताबादले लोकतन्त्र बलियो हुन सक्दैन । उच्छृङ्खलाबादले लोकतन्त्र बलियो हुँदैन” उहाँले भन्नुभयो, “समाजमा हिंसा फैलाउने कुरा, अफवाह फैलाउने कुरा, जातीय हिंसा फैलाउने कुराको नियन्त्रण हुन जरुरी छ । त्यसैले विधयेकप्रति कोही पनि अतालिनु पर्ने छैन ।” विधयेकको राम्रोसँग अध्ययन गरेर यसको पक्षमा सबै सरोकारवाला लाग्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले सार्वजनिक सेवा प्रशारण ऐन बनाएर लागु गर्नु सञ्चार मन्त्रालयको ऐतिहासिक र युगिन काम भएको दावी गर्नुभयो । उहाँले दक्षिण एसियामा भारतपछि नेपालले यो काम गरेको बताउनुभयो ।

उहाँले सरकारले ल्याएको अध्यादेशको विषयबस्तुप्रति कसैले पनि विरोध गर्न नसकेको बताउनुभयो । “विपक्षीले विधयेक ल्याएको प्रक्रियाबारेमा मात्र विरोध भएको पाइन्छ । यसको विषयबस्तुको बारेमा खण्डन गर्ने ठाउँ छ्रैन ।” उहाँले थप्नुभयो, “न्याय, सुशासन, आर्थिक बृद्धिका लागि ल्याइएको विधयेकको कसैले पनि विरोध गर्नु आवश्यक छैन् ।”

सरकारले संसदबाट विधयेक पास गराएर अघि बढ्ने उहाँले बताउनुभयो । उहाँले सरकारले ल्याएको नयाँ विधयेकले पुराना नीति तथा ऐनहरु परिवर्तन गर्न आवश्यक भएकाले अबका दिनमा शासकीय प्रणालीमा ब्यापक सुधार आउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “यो अध्यादेश पास भएपछि शासकीय प्रणालीमा सुधार हुन्छ । सुशासन कायम हुन्छ । उद्योग ब्यवसाय र अर्थतन्त्रमा देखिएको समस्यामा सुधार हुँदै जान्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group