ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीमा एकता स्थापित भए अर्कोपल्ट बहुमत : कांग्रेस सभापति देउवा


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   ३ : ५३   बजे

काठमाडौं २१ माघ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता स्थापित भए अर्को चुनावमा बहुमत प्राप्त गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेश समितिको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उनले पार्टीभित्र एकता जरुरी रहेकोमा जोड दिए ।

‘सबै जातजातिको प्रतिनिधित्व गर्ने काम यो संविधानले गरेको छ । यो संविधान बनाउन हामी लागेका पनि हौं । यो संविधानमा बहुमत प्राप्त गर्न पनि त्यति सजिलो छैन कुनै पार्टीको,’ उनले भने, ‘त्यही पनि पार्टी एक भएर हिँडेको खण्डमा, आफ्ना मतभेदहरू बिर्सिएर हाम्रो पार्टीमा एकता स्थापित गर्न सबै साथीहरू लाग्यौं भने हाम्रो पार्टीले बहुमत पनि प्राप्त गर्न सक्दछ ।’

पार्टी एकता कायम गर्न सके लोकतन्त्र, समावेशी समानुपातिक राजनीति, संघीय प्रणालीलाई सुदृढ गर्ने चुनौतीको सामना गर्न सकिने बताए । ‘काठमाडौंले मात्रै देशको विकास हुन सक्दैन,’ उनले भने, ‘देशको विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्छ भन्ने हाम्रो मान्यताअनुसार संघीय राजनीतिमा हामी अघि बढेका छौं । संघीय लोकतन्त्रको बाटोमा अघि बढेका छौं ।’

संघ, प्रदेश र स्थानीय तहका आफ्ना अधिकार सुनिश्चित भएको बताउँदै उनले अधिकारको सदुपयोग गरेर विनम्रताका साथ अगाडि बढ्न प्रशिक्षणमा सहभागी नेता, कार्यकर्तालाई आग्रह गरे । ‘घमण्ड बढाएर होइन, हामीले के–के न पायौं भनेजस्तो होइन, जनताको सेवा गर्ने व्यक्तिहरू हौं भन्ने भित्रैबाटै हामीमा आउनुपर्छ,’ उनले भने, ‘त्यसअनुसार तपाईंहरू जनताको सेवक भएर अगाडि बढ्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’


समावेशी, समानुपातिकसहितको नेपालको राजनीतिक प्रणाली अत्यन्तै उत्तम व्यवस्थाका रूपमा स्थापित भएको बताउँदै उनले अन्य देशका लागि पनि उदाहरणीय भएको उल्लेख गरे । ‘हाम्रो देशले धेरै उन्नति गरेको छ,’ उनले भने, ‘तर यसलाई संस्थागत मात्रै होइन सुदृढीकरण गर्दै जनतामा विश्वसनीय, जनतामा साच्चिकै यसका प्रति, यस व्यवस्थाका प्रति, यस संघीय लोकतान्त्रिक गणतन्त्रका प्रति, समावेशी समानुपातिक राजनीतिप्रति जनताको पूर्ण रूपमा समर्थन, सहयोग र आफ्नो भन्ने भावना हामीले सिर्जना गर्न जरुरी छ । त्यो भएको खण्डमा मलाई विश्वास छ, हाम्रो देश सच्चा मानेमा हिमाल, पहाड, मधेश, मेचीदेखि महाकालीसम्म फैलिएको विविध जातजाति, समुदायसहितको देश बन्छ ।’

समावेशी, समानुपातिक राजनीतिक प्रणालीमा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सफल बताउँदै उनले पार्टीभित्र एकता भयो भने भोलिका दिनमा बहुमत प्राप्त गर्ने पार्टी बन्न सक्ने उनले दोहोर्‍याए । उनले भने, ‘त्यसकारण भोलिका नेताहरु जो पार्टीलाई हाँक्नुपर्ने छ, पार्टीलाई बनाउनुपर्ने छ, उहाँहरूको काँधमा पनि धेरै ठूलो जिम्मेवारी आएको छ ।’

कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अन्तर्घातकै कारण प्रदेशमा ४० र संघमा ३० सिट गुमाएको भन्दै उनले यस्तो महारोगको अन्त्य गरे अर्को चुनावमा एक्लै बहुमत आउने उल्लेख गरे । त्यसका लागि २०८१, ०८२ र ०८३ मा अभियान चलाउनुपर्ने उनको प्रस्ताव थियो । ‘तीन वर्षे अभियान सफल भएपछि स्थानीय, प्रदेश र संघीय चुनावमा एक्लै बहुमत आउँछ,’ उनले भने, ‘बहुमत आउन रोक्यो भने वर्षौंदेखिको अन्तरघात अपराधले रोक्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group