ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल कम्पनीलाई सरकारको चेतावनी- दर्ता नगरे प्रतिबन्ध हुन्छ


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   ५ : ००   बजे

काठमाडौं २१ माघ । सरकारले अन्तर्राष्ट्रिय सामाजिक सञ्जालका कम्पनीलाई नेपालमा दर्ता नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको हो।

नेपालमा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटक, युट्युबलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालनमा छन्। यीमध्ये धेरैजसो कम्पनी नेपालमा दर्ता भएका छैनन्।

सरकारले त्यस्ता कम्पनीलाई दर्ता गर्दा कम्पनीको सम्पर्क व्यक्ति तोक्न पनि भनेको छ। सरकारको सूचनामा सामाजिक सञ्जालय नियमन निर्देशिकाअनुसार दर्ता नहुने कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने पनि बताइएको छ।

यही माघ १५ मा राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्न विभिन्न व्यवस्था समेटेको छ। यही विधेयकअनुसार नै सरकारले सूचना जारी गरेको छ।

सामाजिक सञ्जाल कम्पनीले नेपालको पयर्टन प्रवर्धनले, सुरक्षा तथा डिजिटल लिट्रेसीको प्रवर्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयको सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group