ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा रविको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   ११ : ११   बजे

काठमाडौं २३ माघ । चितवनको सहारा सहकारीमा ठगी अभियोगमा मुद्दा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार चितवन जिल्ला अदालत उपस्थित भएका छन्।

लामिछानेको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेसी तोकिएको लामिछानेका प्रेस हेर्ने प्रमोद न्यौपानेले जानकारी दिए।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन अदालतमा मुद्दा दर्ता भएको थियो।

सहारा सहकारी प्रकरणमा भने रवि लामिछानेलाई ठगीको अभियोग मात्र लगाइएको छ।

जम्मा ३२ प्रतिवादीमध्ये रविसहित २० जनालाई ठगीमा मात्रै र १२ जनालाई ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ।

रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ।

गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ।

यो रकम सेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ। यीमध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ।

प्रतिवादीहरू जीबी भन्ने गितेन्द्रबाबु राई, सागर केसी, हेमन्त अधिकारी, आषिश आनन्द, भुपेन्द्र राई, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, दिनेश रोका, छविलाल जोशी, कुमार रम्तेल, दिपक लामा र नेत्रपाणी बास्तोलालाई संगठित अपराध र ठगीको कसुरमा सजाय माग गरिएको छ।

तर वीरबहादुर रानाभाट, छत्रमणि भट्टराई, दिपा न्यौपाने, शिव प्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, रवि लामिछाने, रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, कबिता तामाङ, नविन अछामी, भगवती बम्जन, असरफ अलि सिद्दिकी, विज्ञान राई, लक्ष्मीप्रसाद पौडेल, प्रगती श्रेष्ठ र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङलाई ठगीमा मात्रै प्रतिवादी बनाइएको छ।

यसअघि रविलाई पोखराको सूर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा भने ठगी र संगठित अपराधमा पनि मुद्दा चलाइएको थियो। यी तीन सहकारीमा उनी धरौटीमा रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu