ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको काइताक रंगशाला उद्‌घाटन मिति तोकियो, परीक्षण खेलमा ५० हजार दर्शक


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   १ : ४७   बजे

काठमाडौं २३ माघ । हङकङको काइताक रंगशाला मार्च १ बाट आधिकारिक रूपमा खुल्ने भएको छ। मंगलबार रातिको परीक्षण खेलपश्चात्‌ उद्‌घाटनको ‍औपचारिक मिति तोकिएको हो। हिजो परीक्षणको रूपमा रंगशालामा फुटबल आयोजना गरिएको थियो। जसमा झन्डै ५० हजार दर्शक सहभागी भएका थिए।

हिजोको परीक्षणको अधिकारीहरूले समीक्षा गरेपछि संस्कृति, खेलकुद तथा पर्यटन सचिव रोसाना ल शुकले रंगशाला खुल्ने आधिकारिक मिति घोषणा गरेकी हुन्।

परीक्षणस्वरुप मंगलबार आयोजित फुटबल खेलको समयमा पहिलो पटक स्टेडियमको ‘रिट्राक्टेबल रुफ’ पनि खुला गरिएको थियो। साथै, नजिकैको आवासीय सम्पत्तिहरूमा आवाजको स्तर परीक्षण गरिएको थियो।

‘हामीले सञ्चालन गरेका धेरै अभ्यासपछि नतिजाबाट सन्तुष्ट छौँ। यसबीचमा धेरै सुधार र समायोजन पनि भएका छन्,’ परीक्षणपछि सचिव लले भनिन्, ‘हामी स्टेडियम सहज रूपमा सञ्चालन गर्न सक्षम छ भन्ने कुरामा धेरै विश्वस्त छौँ र मार्च १ मा आधिकारिक रूपमा खुल्नेछ।’ उनले उद्घाटनको विवरण भने पछि घोषणा गर्ने बताइन्।

काइताक स्पोर्ट्स पार्कको मुख्य स्थलमा मंगलबार राति भएको परीक्षण खेलमा किची स्पोर्स्ट्स क्लब र उत्तरी जिल्लाबीचको अन्डर(२२ लिग फुटबल खेल, अग्नि अभ्यास र आपत्‌कालीन अवस्थाको पुनस् अभ्यास गरिएको थियो।

यो रंगशालाको सिट क्षमता ५० हजार रहेको छ।

हिजोको परीक्षणमा ४८ हजार दर्शकमध्ये ८० प्रतिशत १५ मिनेटभित्र तितरबितर हुन सफल भएको प्रहरीका डेपुटी कमिस्नर जोचाउ याट(मिङले बताए। उनका अनुसार दुई हजार मानिस भने यसपछि हुने अग्नि अभ्यास हेर्न बसेका थिए। एससीएमपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group