ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘यूएसएआईडी’ ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   ७ : २०   बजे

काठमाडौं २३ माघ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० ले विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई अमेरिका फर्कन भनेको छ ।

यूएसएआईडीले सूचना निकालेर निश्चित कर्मचारीबाहेक अरूलाई आउँदो शुक्रवार रातिदेखि प्रशासनिक बिदा दिइएको जानकारी गराएको हो । अहिलेको कार्यालयमै बस्नुपर्ने कर्मचारीलाई भोलिसम्ममा जानकारी दिने र बाँकी कर्मचारीले शुक्रवार रातिदेखि बिदा पाउने सूचनामा उल्लेख छ ।

व्यक्तिगत र पारिवारिक व्यवस्था मिलाएर ३० दिनभित्र अमेरिका फर्कने व्यवस्था गर्नुपर्ने र बालबालिकाको विद्यालय, गर्भवस्थालगायतका परिस्थितिमा समयसीमाबारे विचार गर्ने पनि सूचनामा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरावलोकन गर्ने आदेश गरेपछि यस्तो सूचना जारी भएको हो । ट्रम्पले यसअघि नै यूएसएआईडीका दुई जना उच्च अधिकारीसहित केही कर्मचारीलाई निलम्बन गरिसक्नुभएको छ ।

यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ। केनेडीको प्रशासनमा स्थापित भएको हो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिक रूपमा अर्बौं डलर वितरण गर्छ ।

सन् २०२३ मा यूएसएआईडीले विश्वका सयभन्दा धेरै देशमा गरी ४० अर्ब अमेरिकी डलर अर्थात् झन्डै ५५ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको थियो । विश्वभर रहेका यूएसएआईडीको कार्यालयहरूमा १० हजार जनाभन्दा बढी कर्मचारी रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

झारखण्डमा विद्यार्थी आन्दोलन चर्किएपछि मुख्यमन्त्री आवासको सुरक्षा कडा

दिल्लीको लालकिल्ला विस्फोटमा AQIS संलग्न रहेको राष्ट्रसंघीय प्रतिवेदनको दाबी

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu