ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका जिल्ला उपसभापति एक लाख धरौटी तिर्न नसकेपछि जेल चलान


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ५ : ५८   बजे

काठमाडौं २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँले उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो।

दुई जना धरौटी बुझाएर रिहा भइसके पनि हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसीलाई भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धाराको जगन्नाथदेवल पठाइएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगमा तीनै जनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो।

हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका १ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सितादेवी राईले धरौटी बुझाइसकेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेका त्रिपाठीलाई बाहिर कुटपिट गरेका थिए।

माघ २ गते जिल्ला अदालतको गेट बाहिर त्रिपाठीमाथि हातपात गरे लगतै उनीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

उनीहरुविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनु पर्ने पनि अभियोग पत्रमा माग गरिएको छ।

त्रिपाठीमाथि कुटपिट भएकै दिन रवि भने ६० लाख धरौटी बुझाएर रिहा भएका छन्। रविले सहकारी ठगीका चार वटा मुद्दामा पोखरा, काठमाडौँ, रुपन्देही र चितवनमा गरी २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

तर उनकै बचाउनमा उत्रिएका कार्यकर्ता जैशी भने १ लाख धरौटी बुझाउन नसक्दा जेल पुगेका हुन्।

यसैबिच प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चपुरका ३३ वर्षीय दीपक आले मगर छन्। उनलाई पनि अदालतबाट ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu