ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ चरणको मतगणना सकिँदा केजरीवाल झन्डै १२ सय मतले पछाडि


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   २ : २१   बजे

काठमाडौं २६माघ । दिल्ली विधानसभा चुनावको मतगणना जारी छ। भारतीय सञ्चारमाध्यमले अपडेट दिइरहेका छन्।

यस क्रममा आम आदमी पार्टी आप० का संयोजक अरविन्द केजरीवाल उठेको नयाँ दिल्ली सिटको नयाँ अपडेट आएको छ।

दिउँसो १२ बजेसम्मको मतपरिणामअनुसार भारतीय जनता पार्टी ९भाजपा० का प्रवेश वर्माले अग्रता बढाएका छन्।

उनले केजरीवाललाई झन्डै १२ सय अर्थात् ११७० मतले पछि पारिरहेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म वर्माले १९२६७ मत पाउँदा केजरीवालले १८०९७ मत ल्याएका छन्।

यस्तै सन्दीप दीक्षितले ३११३ मत प्राप्त गरेका छन्।

अहिलेसम्म नयाँ दिल्ली सिटमा ९ चरणको मतगणना सम्पन्न भएको छ। मतगणनाका अझै धेरै चरण बाँकी भए पनि प्रारम्भिक नतिजाले आपमा चिन्ता बढाएको छ।

अहिलेसम्मको मतगगणनामा दिल्ली विधानसभा ७० सिटमध्ये भाजपा ४२ सिटमा अगाडि र आम आदमी पार्टी २८ सिटमा अगाडि भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर कंग्रेस अहिलेसम्म एउटा सिटमा पनि अगाडि देखिएको छैन।

दिल्लीमा २७ वर्षपछि फेरि भाजपाले सरकार बनाउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group