ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली चुनाव : २७ वर्षपछि सत्तामा फर्किँदै भाजपा


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ३ : १३   बजे

काठमाडौं २६ माघ । भारतको दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टीले सत्ता सम्हाल्ने भएको छ। चुनाव आयोगका अनुसार अहिलेसम्मको मतपरिणामअनुसार भाजपाले ५ सिट जित्दा ४३ सिटमा अग्रता छ। यसको अर्थ भाजपा बलियो बहुमततर्फ अग्रसर भएको छ।

आम आदमी पार्टीले ६ सिटमा जित निकाल्दा १६ सिटमा अग्रतामा रहेको छ। कांग्रेसले दिल्लीमा कुनै पनि सिटमा जित हासिल गर्न सकेको छैन।

अघिल्लो चुनावमा ऐतिहासिक बहुमत प्राप्त गरेको आम आदमी पार्टीका संस्थापक नेता अरविन्द केजरीवालले पराजित भए।

त्यस्तै, मनिष सिसोदिया पनि जंगपुरा सिटबाट पराजित भएका छन्। अहिले मुख्यमन्त्री रहेकी आतिशी भने चुनाव जित्न सफल भएकी छन्। त्यस्तै, अर्का प्रभावशाली नेता सत्यन्द्र जैन पनि चुनाव हार्न पुगे।

दिल्लीमा भाजपमा मुख्यालयमा विजयी उत्सव सुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ ७ बजे पार्टी हेडक्वार्टर पुगेर कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। केजरीवाललाई हराएका भाजपाका उम्मेद्वार प्रवेश वर्माले अमित साहसँग भेट गरेका छन्। अब मुख्यमन्त्रीका लागि नरेन्द्र मोदीले कसलाई अघि सार्छन् त्यो भने सबैको चासो छ।

सन् २०२० मा भाजपाले केवल ८ सिट जितेको थयो। २०२५ मा आइपुग्दा ६ गुणा बढी सिट जित्ने लगभग पक्का भएको छ। अर्थात ४८ सिट जितेर सत्तामा बहुमतसहित फर्किन लागेको छ।

केजरीवालको आम आदमी पार्टीका २० जना उम्मेद्वारको जमानतसमेत नजोगिएको जनाइएको छ। केजरीवाल प्रवेश बर्मासँग ३ हजार भोट अन्तरले पराजित भए।

कांग्रेसले योपटक पनि एक सिट पनि जितेन तर उसले २ प्रतिशत भोट बढाएको जनाइएको छ। आपलाई यो पटक ३९ सिट घाटा लागेको छ। मुख्यमन्त्री रहेका अरविन्द केजरीवाल रक्सी घोटालमा मुद्दा खेपिरहँदा त्यसको असर पार्टीमा देखियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group