ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुर्पक्षमा थुनामा रहेका देवकुमारले बागलुङमा एसपीकै अगाडि गरे भाषण


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   ७ : ०९   बजे

बागलुङ —२८ माघ सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले कारागारबाट निस्केर बचतकर्ताबीच भाषण गरेका छन् ।

आइतबार सहकारी पीडित संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता तयारी गरेको थियो । सोही समयमा कारागारबाट निस्केर आई उनले तीन सयभन्दा बढी बचतकर्ता माझ रकम फिर्ता दिने बताएका थिए । ‘म सुकुम्बासी भएर पनि जनताको पैसा फिर्ता गर्छु,’ उनले भने, ‘परिस्थिति नमिलेर म भित्र बसेको हो, अब छिट्टै तपाईंहरूले पैसा पाउनुहुन्छ ।’ १ हजार ५ सय ४३ बचतकर्ताले रकम ठगी गरेको आरोपमा जाहेरी दिएपछि अदालतले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । नेपालीले १ अर्ब ५४ करोड बचतकर्ताको रकम ठगी गरेको आरोप छ ।

आइतबार कसको अनुमतिले नेपाली कारागारबाट निस्केर भाषण गर्न आइपुगे भन्नेबारे पनि स्थानीय प्रशासन अनभिज्ञ छ ।जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद उपाध्याय बिदामा भारत भ्रमणमा गएका छन् । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले भने उक्त घटना जानकारी नै नपाएको बताए । ‘कारागारमा बसेको थुनुवा बाहिर आएर बोल्ने अवसर पाउन नहुने हो, के भएको हो, म बुझ्दैछु,’ सुवेदीले भने, ‘यो गम्भीर कुरा भयो ।कारागार ऐन(२०७९ को दफा १७ मा भेटघाटका लागि नातेदार र नजिकका आफन्त तथा थुनुवाले तोकेका कानुन व्यवसायीलाई विशेष सुरक्षा व्यवस्था गरेर कारागार प्रशासनले कारागारभित्रै भेट्न व्यवस्था मिलाउन पाउने व्यवस्था गरेको छ । त्यसबाहेक भेट्न आउनेहरूले पनि तोकिएको सुरक्षा व्यवस्था र सर्त पालना गर्नुपर्ने उल्लेख छ । दफा १८ को उपदफा ५ मा विशेष भेटघाट भए पनि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।तर उनी अदालत अगाडी आएर कसरी बोले र कस्ले बोल्न लगयो यस विषयमा बुझेर मात्र जवाफ दिने सुबेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group