ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ दिनपछि पानी पार्ने अर्को प्रणाली भित्रिने सम्भावना, तर पश्चिममै सीमित हुने


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   ९ : ०६   बजे

काठमाडौं १ फगुन । अघिल्ला दुईवटा हिउँद सुक्खा भएकोमा यस वर्ष त्योभन्दा बढी सुक्खा हुने जोखिम बढेको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ ।

यो वर्षको हिउँद सकिन १६ दिन मात्र बाँकी रहँदा औसत ९ दशमलव ५ प्रतिशत मात्रै पानी परेको जलवायु विपदविज्ञ डा।धर्मराज उप्रेतीले बताउनुभयो ।

उज्यालोसँगको कुराकानीमा उहाँले यसपालीको हिउँदमा पानी पार्ने केही प्रणाली भित्रिए पनि मध्य नेपाल पार गरेर पूर्वतर्फ जानै नसकेको र पोखरालगायत गण्डकी प्रदेशमै कम पानी परेको जानकारी दिनुभयो ।

अबको १५ दिनपछि पानी पार्ने अर्को प्रणाली आउने सम्भावना भए पनि पश्चिममै सीमित हुने जलवायु विपदविज्ञ डा।उप्रेतीको भनाइ छ । उहाँका अनुसार सामान्यतया २५ प्रतिशत भन्दा कम पानी पर्नुलाई चरम सुक्खा भनिन्छ ।

यसवर्ष १० प्रतिशत पानी पनि परेको छैन । हिउँद सुक्खा हुँदा डढेलोका घटना बढिसकेका छन् । कृषीबालीमा समस्या आइसकेको छ ।

प्रदुषण बढेकाले वातावरणसँगै मानिसको स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ । नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन ।

पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने श्रोतमा आएको सुक्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।

जलवायु परिवर्तनको असरले गर्दा केही वर्षदेखि हिउँदयाम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको जलवायु विपदविज्ञ डा।धर्मराज उप्रेती बताउनुहुन्छ ।

उहाँका अनुसार सीमित श्रोत साधन भएको र कमजोर आर्थिक अवस्थामा नेपालले यस्तो अवस्थाको सामना गर्नु चुनौतीपूर्ण छ । तर यो चुनौतीविरूद्ध लड्न सरकारी तथा गैरसरकारी निकाय र नागरिक तहबाट पनि सबैको साझेदारी आवश्यक रहेको उहाँले बताउनुभयो ।

यसैबीच आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । मध्य र पूर्वी तराईका केही ठाउँमा भने बिहान हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu