ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा एचपिभी खोप अभियान सुरु


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   ५ : ५४   बजे

देवदह, १ फागुन । देवदह नगरपालिकामा एच.पि.भी. (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सुरु गरिएको छ। देवदह माध्यमिक विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ निरीक्षक माया पुनले एच.पि.भी खोपको आवश्यकताको बारेमा जानकारी दिँदै पाठेघरको मुखको क्यान्सरबाट जोगिन यो खोप अत्यन्त प्रभावकारी रहेको बताइन्। उनले १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा जोड दिइन्।
देवदह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले क्यान्सरको उपचार कठिन हुने भएकाले बालिका तथा महिलाहरूलाई यसबाट जोगाउन खोप अनिवार्य गर्नुपर्ने बताए। साथै, उनले अभिभावकहरूलाई खोप अभियान सफल बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे।
देवदह नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरका ३३ खोप केन्द्रमार्फत ३ हजार ४ सय ४ किशोरीलाई खोप लगाइने छ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरिनेछ।
स्वास्थ्यकर्मीहरूका अनुसार एच.पि.भी. खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अभिभावकहरूको सहकार्यमा अभियानलाई प्रभावकारी बनाउन सबै निकायहरू जुट्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरी खरिद अनियमितताबारे छानबिन मागेपछि लेखा समितिमा विवाद

रेडक्रसको विधान संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu