ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजदूत शंकर शर्माले गरे केआईआईटीका संस्थापक अच्युत सामन्तसँग कुराकानी


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ३ : ३१   बजे

काठमाडौं ६ फागुन । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्‍यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्‍यवहारको घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी०का संस्थापक अच्युत सामन्त टेलिफोनमा कुराकानी गरेका छन् ।

राजदूत शर्माले मंगलबार दिउँसो केआईआईटीका संस्थापक सामन्तसँग टेलिफोनमा कुराकानी गरेका हुन् । साथै मंगलबार नै केआईआईटीकाका प्रतिनिधिहरूसँग पनि राजदूत शर्माले भेट गरेको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

टेलिफोनमा नेपाली विद्यार्थीप्रति भएको दुव्‍यवहारप्रति सामन्तले सार्वजनिक रूपमा कलेजले माफी मागेको र केही सुरक्षागार्ड तथा कर्मचारीमाथि कारबाही गरिएको बताएका थिए ।

यसका साथै मंगलबार दिउँसै राजदूत शर्माले किटका प्रतिनिधिहरूसँग पनि भेटेर कुराकानी गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएको छ ।

आइतरबार ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।

यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो । होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो ।

होस्टलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group