ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका-रुस वार्तालगत्तै बेलायती सेनाले भन्यो- हामी युक्रेनमा तैनाथ हुन तयार छौँ


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   ११ : २४   बजे

काठमाडौं ७ फागुन । बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ हुन तयार रहेको बताएको छ। यस हप्ता २५०० ब्रिटिस सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन नाटो को अभ्यासमा भाग लिइरहेका छन्।

यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ। ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा ब्रिटिस सेनाले नेटो अभ्यासमा भाग लिइरहेको हो।

बीबीसीका अनुसार युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने आफ्नो ब्रिगेड ‘पूर्ण रूपमा तयार’ रहेको ब्रिगेडियर वाटसनले बताएका छन्।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि हालै युद्धविराम भयो भने उनी युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार रहेको बताएका थिए।

युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोवले साउदी अरेबियामा शान्ति वार्ता गरेका छन्।

यसबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई रुस(अमेरिका वार्तामा निमन्त्रणा नगरिएकाले त्यसमा सहमत नहुने चेतावनी दिएका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिका(रुस वार्तापछि युक्रेनमा शान्ति स्थापना हुने विश्वास बढेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस एकताका लागि देउवाको निर्णायक भूमिका हुन्छ : पूर्णबहादुर खड्का

मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नुपर्छ : शेरबहादुर देउवा (अपील पूर्णपाठ)

सम्बन्धित

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

रुसी जहाज जफत गरे युरोपेली जहाज पनि जफत गर्ने पुटिनको चेतावनी

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राजीनामा दिने

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

रुसी जहाज जफत गरे युरोपेली जहाज पनि जफत गर्ने पुटिनको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu