ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रतियोगिताबाट बाहिरियो


एबीसी न्यूज
१५ फाल्गुन २०८१, बिहिबार   ८ : २०   बजे

काठमाडौं १५ फागुन । अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ ।

हिजो भएको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको हो ।

३ सय २६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९ ओभर ५ बलमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ओडिआईमा दोस्रो पटक हराएको हो ।

२ वर्ष अघि भारतमा भएको ओडिआई विश्व कपमा पनि अफगानिस्तान विजयी भएको थियो । हिजोको खेलमा इङ्ग्ल्याण्डका लागि जो रुटले सर्वाधिक १ सय २० रन बनाए ।

अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईंले ५ विकेट लिए । त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक १ सय ७७ रन बनाएका थिए ।

इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, लियम लिभिङ्स्टोनले २ विकेट लिए । इङ्ग्ल्याण्ड लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

इङ्ग्ल्याण्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । जीतसँगै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायमै राखेको छ ।

सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानले भोलि हुने खेलमा अस्ट्रेलियालाई पराजित गर्नु पर्ने हुन्छ ।

च्याम्पियन्स ट्रफीमा आज पाकिस्तान र बङ्गलादेश खेल्दैछन् । रावलपिन्डि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ३ बजे शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group