ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीप लामिछाने फेरि ओडिआई कप्तान, नेपालले जित्यो एसियन गेम्स टी–२० छनोट


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : ०५   बजे

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेलाई दोस्रो पटक राष्ट्रिय एकदिवसीय टोलीको कप्तान नियुक्त गरेको छ। क्यानले ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। उनले विसं २०८३ साउन २५ गतेदेखि जिम्मेवारी सम्हालेका छन्।

यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले ओडिआई मान्यता जोगाएको थियो भने रोहित पौडेलले करिब चार वर्ष नेपाली टोलीको नेतृत्व गरेका थिए। क्यानले हालै टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरेको छ।

अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबी)को विश्व वरीयतामा नेपाली पुरुष भलिबल टोली ५७ स्थान सुधार गर्दै ८३औँ स्थानमा पुगेको छ। यो उपलब्धिसँगै नेपालले एसियाली च्याम्पियनसिपदेखि ओलम्पिक छनोटसम्मका प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएको छ।

नेपाल राष्ट्र बैङ्कले साउन २४ गते केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सीबीडीसी) सम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ। डिजिटल करेन्सीको प्रयोगबाट पाँच वर्षमा नोट छपाइ करिब ५० प्रतिशत घटाएर रु. चार अर्ब ७३ करोडसम्म बचत गर्न सकिने अनुमान गरिएको छ।

सरकारले दोस्रो बागमती कार्ययोजना २०८२–२१०२ अघि बढाएको छ। कार्ययोजनाका लागि रु. दुई खर्ब २५ अर्ब ३१ करोड १६ लाख बजेट अनुमान गरिएको छ। चार चरणमा कार्यान्वयन हुने योजनाको पहिलो चरण चालु आर्थिक वर्षदेखि पाँच वर्षसम्म सञ्चालन हुनेछ।

भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड–२०८३ बाट अन्जना महर्जन, शर्मिला प्रधान, राजकुमार कँडेल, प्रकाश आचार्य र मुकुन्दप्रसाद काफ्ले सम्मानित भएका छन्। प्रत्येक शिक्षकलाई रु. दुई लाख २२ हजार २२२ पुरस्कार प्रदान गरिएको छ।

जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६’ले नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ। नेपाल पत्रकार महासङ्घको समन्वयमा भएको सम्मेलनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारका अधिकार र प्रवास पत्रकारिताका विषयमा छलफल भएको थियो।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको साउन १२ गते निधन भएको छ।

सन् २०२६ मे १ देखि संयुक्त अरब इमिरेट्स ओपेक र ओपेक प्लसबाट बाहिरिएको छ।

सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गरेको हो। यो खेल दीपेन्द्रसिंह ऐरीको १००औँ टी–२० अन्तर्राष्ट्रिय खेल थियो। प्रतियोगितामा कुशल भुर्तेलले दुई शतक प्रहार गरेका थिए।

नेपालसँगै हङकङ, मलेसिया र ओमान आगामी एसियन गेम्सका लागि छनोट भएका छन्।

हरेक वर्ष अगस्ट ८ मा आसियान दिवस मनाइन्छ। सन् १९६७ मा आसियान स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ। हाल आसियानमा ११ सदस्य राष्ट्र छन्।

साउदी अरब, पाकिस्तान र टर्कीबीच अगस्ट ७ मा ‘मक्का संयुक्त रक्षा सम्झौता’ भएको छ। सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भएमा त्यसलाई अन्य दुई राष्ट्रमाथिको आक्रमणसमेत मानिनेछ।

वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको साउन २६ गते निधन भएको छ। उनले नेपाली, मैथिली, हिन्दी र अङ्ग्रेजी भाषामा कथा, कविता र गीतलगायत विभिन्न कृति लेखेका थिए।

यसैबीच, पोल्यान्डका पौडीबाज बार्तोमेइ कुब्कोव्स्कीले ५६ घण्टा लगातार पौडी खेलेर करिब १६० किलोमिटर दूरी पार गर्दै बाल्टिक सागर पार गर्ने पहिलो व्यक्ति बनेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

चितुवा नियन्त्रणका लागि चितवनमा थर्मल ड्रोन र क्यामेरा प्रयोग

सम्बन्धित

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न

ट्रम्पले गरे इन्फान्टिनोको बचाउ, ‘हटाउने प्रयास भए ठूलो गल्ती हुनेछ’

अनन्त र एरिकको फोर्टिस एफसी एएफसी च्यालेन्ज लिगको समूह चरणमा

युरोपमा नेपाली टी–१० क्रिकेट, विजेतालाई ५ हजार ५५५ युरो

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा १५ सदस्यीय टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu