ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपमा नेपाली टी–१० क्रिकेट, विजेतालाई ५ हजार ५५५ युरो


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ८ : ५५   बजे

लिस्बन । पोर्चुगलमा पहिलोपटक आयोजना हुन लागेको युरोपस्तरीय नेपाली टी–१० क्रिकेट प्रतियोगितामा विजेताले ५ हजार ५५५ युरो पुरस्कार पाउने भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म हुने प्रतियोगितामा उपविजेताले पनि २ हजार ५५५ युरो प्राप्त गर्नेछ ।

आयोजकका अनुसार विजेताले पाउने ५ हजार ५५५ युरो नेपाली रुपैयाँमा करिब ९ लाख ६५ हजार बराबर हो । त्यस्तै उपविजेताले पाउने २ हजार ५५५ युरो करिब ४ लाख ४५ हजार रुपैयाँ बराबर हुनेछ ।

आयोजकले यो पुरस्कार राशि युरोपमा आयोजना हुँदै आएका नेपाली खेलकुद प्रतियोगितामध्ये अहिलेसम्मकै ठूलो भएको दाबी गरेको छ । प्रतियोगिताको पुरस्कारसँगै युरोपमा रहेका नेपाली क्रिकेट खेलाडीलाई आकर्षित गर्ने र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगिताको ब्रान्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारी रहेका छन् । प्रतियोगिताको प्रचारप्रसार तथा आवश्यक समन्वयका लागि भण्डारी लिस्बन पुगिसकेका छन् ।

नेपाली क्रिकेटमा लामो समय राष्ट्रिय टोलीबाट खेलेका भण्डारीको उपस्थितिले प्रतियोगिताको आकर्षण थप बढाउने आयोजकको अपेक्षा छ । उनको उपस्थितिलाई युरोपमा रहेका नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमीलाई प्रतियोगितासँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।

पोर्चुगलमा नेपाली समुदायको संख्या बढ्दै जाँदा नेपाली युवामाझ क्रिकेटको लोकप्रियता पनि बढिरहेको भन्दै एनआरएनए पोर्चुगलले युरोपमा रहेका नेपाली क्रिकेट प्रतिभालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगितामार्फत पोर्चुगलसहित युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने, नयाँ प्रतिभाको पहिचान गर्ने र नेपाली क्रिकेटको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याउने आयोजकको लक्ष्य छ ।

आयोजकका अनुसार प्रतियोगिता क्रिकेटको प्रतिस्पर्धामा मात्र सीमित रहने छैन । युरोपमा रहेका नेपाली युवालाई खेलकुदमार्फत एकताबद्ध गर्दै आपसी भाइचारा, मित्रता र सहकार्य बढाउने तथा नेपाली समुदायमा सकारात्मक खेल संस्कृतिको विकास गर्ने उद्देश्य पनि प्रतियोगिताले बोकेको छ ।

प्रतियोगिताका लागि सहभागी टोली, खेल सञ्चालनको प्रारूप, खेल तालिका तथा व्यवस्थापनलगायतका तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ । प्रतियोगिताका खेल अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने तयारी गरिएको छ ।

एनआरएनए पोर्चुगलका संयोजक विवेक श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन नेपाली सञ्चारमाध्यम, खेलाडी, टोली, प्रायोजक तथा सम्पूर्ण नेपाली समुदायको सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रतियोगिताका आयोजकले युरोपमा नेपाली क्रिकेटको विकासका लागि यो प्रतियोगिता महत्त्वपूर्ण सुरुआत हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसको दायरा अझ विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री र सांसदको योग्यताबारे सर्वोच्च– प्रधानमन्त्री र संसद्को विशेषाधिकारमा अदालतबाट उपचार हुँदैन

सम्बन्धित

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा १५ सदस्यीय टोली

एसियाडमा एथ्लेटिक्सबाट पदकको आशा, ६ खेलाडी मैदानमा उत्रिँदै

लिभरपुलमा बार्सिलोनाका अराउजो, एक सिजन लोनमा अनुबन्ध

आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट

क्यानद्वारा पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद, सन्दीपको नेतृत्वमा प्रिमियर कप खेल्ने

टप एन्ड टी–२० का लागि नेपालको ‘ए’ टोली घोषणा, अनिलकुमार शाह कप्तान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu