इंग्लिस क्लब लिभरपुलले उरुग्वेली डिफेन्डर रोनाल्ड अराउजोलाई बार्सिलोनाबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ। सम्झौतामा उनलाई स्थायी रूपमा अनुबन्ध गर्न सक्ने विकल्पसमेत राखिएको छ। २०१९ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका अराउजोले क्लबबाट २०० भन्दा बढी खेल खेल्दै तीन ला लिगा र दुई कोपा डेल रे उपाधि जितेका छन्। फ्रान्सेली डिफेन्डर इब्राहिमा कोनाटे रियल मड्रिड पुगेपछि रक्षापंक्ति बलियो बनाउन लिभरपुलले अराउजोलाई भित्र्याएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्