ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : २५   बजे

बेइजिङ । चीनको दक्षिणी प्रान्त हाइनानस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट सञ्चार उपग्रह बोकेर उडेको ‘लङ मार्च–७ए’ रकेटको प्रक्षेपण असफल भएको छ। सोमबार स्थानीय समयअनुसार राति ८ः०२ बजे प्रक्षेपण गरिएको रकेट उडानका क्रममा ‘विसंगति’ देखिएपछि असफल भएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

रकेटले ‘झोङजिङ–४बी’ सञ्चार उपग्रहलाई अन्तरिक्षमा स्थापित गर्ने लक्ष्य राखेको थियो। तर उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि निर्धारित अभियान पूरा हुन सकेन। प्रक्षेपण असफल हुनुको वास्तविक कारणबारे अनुसन्धान भइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा रकेट उडेको केही समयपछि आकाशमै ठूलो आगोको गोला बनेको देखिन्छ। हाइनानबाट सञ्चालित एक सामाजिक सञ्जाल खातामा सार्वजनिक गरिएको भिडियोमा रकेट उडेको करिब ८५ सेकेन्डपछि आकाशमा ठूलो विस्फोट भएको र त्यसपछि भग्नावशेष जमिनतर्फ खस्दा बाक्लो धुवाँको बादल बनेको देखिन्छ।

पछिल्लो असफलताले चीनको तीव्र गतिमा अघि बढिरहेको अन्तरिक्ष कार्यक्रमको प्राविधिक विश्वसनीयतामाथि पुनः ध्यानाकर्षण गराएको छ। चीनले राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘अन्तरिक्ष सपना’ पूरा गर्ने लक्ष्यसहित अन्तरिक्ष अनुसन्धान तथा प्रविधिमा ठूलो लगानी गर्दै आएको छ।

चीनले पछिल्ला वर्षमा मानवसहितको अन्तरिक्ष अभियान, चन्द्र अन्वेषण तथा पुनः प्रयोग गर्न मिल्ने रकेट विकासलाई प्राथमिकता दिएको छ। गत जुलाईमा चीनले पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको थियो। चिनियाँ अन्तरिक्ष अधिकारीहरूले यसलाई भविष्यमा प्रक्षेपण लागत घटाउने र अन्तरिक्ष अभियानलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका थिए।

चीनले सन् २०३० अघि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने महत्वाकांक्षी लक्ष्यसमेत राखेको छ। यस अभियानमार्फत चीन संयुक्त राज्य अमेरिकाको आर्टेमिस कार्यक्रमसँग अन्तरिक्ष अन्वेषणमा प्रतिस्पर्धा गरिरहेको छ।

यसैबीच, स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले पनि चिनियाँ रकेट प्रक्षेपण असफलताबारे सामाजिक सञ्जाल एक्समा टिप्पणी गरेका छन्। उनले रकेट निर्माण र प्रक्षेपण अत्यन्त कठिन काम भएको उल्लेख गर्दै चिनियाँ पक्ष असफलताबाट छिट्टै उभिने विश्वास व्यक्त गरेका छन्।

लङ मार्च–७ए रकेटको प्रक्षेपण असफल भएको यो पहिलो घटना भने होइन। सन् २०२० मा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट गरिएको यस रकेटको पहिलो प्रक्षेपण पनि उडानका क्रममा देखिएको प्राविधिक समस्याका कारण असफल भएको थियो।

पछिल्लो घटनाको विस्तृत प्राविधिक अध्ययनपछि चीनले आगामी प्रक्षेपणमा आवश्यक सुधार गर्ने अपेक्षा गरिएको छ। अन्तरिक्ष अभियानमा प्रक्षेपणको विश्वसनीयता अत्यन्त महत्वपूर्ण हुने भएकाले यस असफलताको कारण पहिचान र त्यसबाट सिकाइ चीनको दीर्घकालीन अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण हुने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

सम्बन्धित

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

हर्मुज जलघाँटी खुला राख्न जर्मनीको आग्रह, इरानले अमेरिकी सैन्य कारबाही रोक्नुपर्ने अडान

इरानबाट सुरक्षा खतरा देखिएपछि ट्रम्पले टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत पुगे

कोलम्बिया भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो, उद्धार कार्य जारी

भारतको राँचीमा विद्यार्थीमाथि प्रहरीको बल प्रयोग, अश्रुग्यास र पानीको फोहोरा प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu