काठमाडौं । भारतले नेपालको बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन ११ सदस्यीय उद्धार टोली नेपाल पठाएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले बुधबार सामाजिक सञ्जाल एक्समार्फत उद्धार टोली नेपाल पठाइएको जानकारी दिएका हुन् । उनका अनुसार भारतीय विमान नेपालका लागि प्रस्थान गरेको छ । विमानमा ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण तथा ५.५ टन अत्यावश्यक औषधि पठाइएको छ । भारतले हालसम्म नेपाललाई ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । यसअघि भारतले बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि २४ जना विज्ञ प्राविधिक नेपाल पठाइसकेको थियो । त्यस्तै, डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फोरेन्सिक टोलीले अगस्ट २९ देखि नेपाली अधिकारीहरूसँग समन्वय गरी काम गरिरहेको छ । भारतले २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक पनि अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ । भारतले यसअघि २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज नेपाल पठाइसकेको छ । साथै, थप सातवटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्