काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् । बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा सम्बोधन गर्न प्रधानमन्त्री शाहले समय माग गरेको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार भोटेकोसी बाढीबाट भएको ठूलो क्षतिबारे प्रधानमन्त्री शाहले मन्त्रीमार्फत नभई आफैँ संसद्लाई जानकारी गराउन समय माग गरेका हुन् । ‘सरकारको तर्फबाट यति ठूलो विपद् आउँदा संसद्लाई जानकारी गराउँछु भन्दै प्रधानमन्त्रीज्यू आफैँले समय माग गर्नुभएको हो,’ संसद् सचिवालयका एक कर्मचारीले भने । भदौ १० गते भोटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीपछि सम्पर्कविहीन रहेका झण्डै चार हजार जनाको खोज तथा उद्धार कार्य जारी छ । यस्तै, बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्सम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने ६ दलका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्