काठमाडौं । जापान सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावितका लागि पठाएको पहिलो चरणको आपत्कालीन राहत सामग्री नेपाल आइपुगेको छ।
जापानका जनता तथा सरकारका तर्फबाट पठाइएको राहत सामग्री नेपालका लागि जापानका राजदूत माएदा तोरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे।
राहत सामग्रीमा बाढी प्रभावित समुदायका लागि कम्बल, प्लास्टिकका सिट, सुत्ने म्याट, पाल तथा बोक्न मिल्ने पानीका जारलगायत दैनिक आवश्यकताका सामग्री छन्।
जापान सरकारले नेपालमा आएको विपद्प्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको कठिनाइ कम गर्न सहयोग पठाएको जनाएको छ।
यसअघि मंगलबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाए ताकाइचीबीच भएको टेलिफोन वार्तामा जापानले कठिन परिस्थितिमा नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।
जापान सरकारले प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने र प्रभावित नागरिकले छिट्टै सामान्य तथा सुरक्षित जीवनमा फर्किन सक्ने विश्वास व्यक्त गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्