ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी पार्टनर तथा मोडेल–इन्फ्लुएन्सर जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्।

रोनाल्डो र जर्जिनाले पोर्चुगलमा नागरिक समारोहमार्फत विवाह गरेका हुन्। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनीहरूले अगस्ट ११ मा लिस्बननजिकैको समुद्री किनारको सहर कास्काइसमा विवाह गरेका हुन्।

रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको औँठी देखाउँदै तस्बिर सार्वजनिक गरेका छन्। पोस्ट सार्वजनिक भएको करिब ३० मिनेटमै उक्त तस्बिरमा ३० लाखभन्दा बढी लाइक आएको थियो।

विवाह समारोहमा रोनाल्डो र जर्जिनाका पाँच सन्तान पनि सहभागी भएका थिए।

रोनाल्डो र जर्जिना करिब १० वर्षदेखि सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्ची स्टोरमा भएको थियो, जहाँ जर्जिना काम गर्थिन्। त्यतिबेला रोनाल्डो स्पेनी क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका थिए।

यो जोडीले गत वर्ष अगस्ट ११ मा इन्गेजमेन्ट घोषणा गरेको थियो। त्यसबेला जर्जिनाले इन्गेजमेन्टको औँठीको तस्बिर सार्वजनिक गर्दै जीवनभर रोनाल्डोसँगै रहने प्रतिबद्धता जनाएकी थिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

चितुवा नियन्त्रणका लागि चितवनमा थर्मल ड्रोन र क्यामेरा प्रयोग

सम्बन्धित

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न

सन्दीप लामिछाने फेरि ओडिआई कप्तान, नेपालले जित्यो एसियन गेम्स टी–२० छनोट

ट्रम्पले गरे इन्फान्टिनोको बचाउ, ‘हटाउने प्रयास भए ठूलो गल्ती हुनेछ’

अनन्त र एरिकको फोर्टिस एफसी एएफसी च्यालेन्ज लिगको समूह चरणमा

युरोपमा नेपाली टी–१० क्रिकेट, विजेतालाई ५ हजार ५५५ युरो

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा १५ सदस्यीय टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu