ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग चित्त दुखाएको क्यानडाका प्रधानमन्त्री पहिलो भ्रमणमा पुगे फ्रान्स


एबीसी न्यूज
३ चैत्र २०८१, सोमबार   ८ : १३   बजे

काठमाडौं ४ चैत । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी पहिलो विदेश भ्रमणका लागि फ्रान्स पुगेका छन्। उनले बेलायतको पनि भ्रमण गर्ने छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार क्यानडाको सार्वभौमसत्ता र अर्थतन्त्रमाथि आक्रमण गरिरहेका बेला युरोपेली मुलुकहरूको सहारा खोज्दै उनी पेरिस पुगेका हुन्। यसअघि प्रायः क्यानडेली प्रधानमन्त्रीले पहिलो भ्रमण अमेरिकाको गर्ने प्रचलन थियो।

ट्रम्पले क्यानडामाथि भारी भन्सार महसुल लगाएका छन् भने यो मुलुक अमेरिकाको ५१ औँ राज्य बन्नुपर्ने बताउँदै आएका छन्।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँका साथ पत्रकार सम्मेलनमा बोल्दै कार्नीले क्यानडा ‘युरोपबाहिरको सबैभन्दा युरोपेली मुलुक’ भएको दाबी गरे।

क्यानडा फ्रान्सको विश्वसनीय, भरपर्दो र बलियो साझेदार भएको उनको भनाइ थियो।

पेरिसपछि कार्नी लन्डन पुग्ने छन्। जहाँ उनले प्रधानमन्त्री किअर स्टारमरसँग व्यापार विविधीकरण लगायत विषयमा कुरा गर्ने छन्।

उनले क्यानडाका राष्ट्रप्रमुख समेत रहेका राजा चार्ल्स तृतीयसँग पनि भेट्ने छन्।

उसो त कार्नी ब्यांक अफ इंग्ल्यान्डका पूर्वगभर्नर पनि हुन्। सो पदमा पुग्ने उनी पहिलो गैरनागरिक हुन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu