काठमाडौं ५ चैत । नेपालले नरेन भट्टको कप्तानीमा आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट एशिया छनोट खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले हिजो भट्टलाई कप्तानको जिम्मेवारी दिएको हो । टोलीको उपकप्तानमा अभिषेक तिवारी रहेका छन् ।
१९ वर्षमुनिको विश्वकप एशिया छनोट क्रिकेट आउँदो अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुनेछ । घरेलु टोली नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएईले छनोट खेल्नेछन् । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा हुने क्यानले जनाएको छ ।
टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् । नेपालको युवा टोलीले एशिया छनोट अघि अफगानिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्