काठमाडौं ५ चैत । नेपाल प्रहरीले सेवा निवृत हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेको छ।
सोमबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गरी महानिरीक्षक कुँवरको बिदाइ गरेको हो।
आजै मन्त्रिपरिषद बैठकले दीपक थापालाई नयाँ महानिरीक्षक बनाउने निर्णय गरेको थियो।
कुँवर तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका हुन्।
प्रतिक्रिया दिनुहोस्